लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै गायक पौडेललाई नुर गंगा प्रतिभा पुरस्कार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै गायक पौडेललाई नुर गंगा प्रतिभा पुरस्कार



हिमाल पोस्ट /चैत्र १३ 

नुर गंगा प्रतिभा पुरस्कार गुठिले चर्चित गायक नविन पौडेललाइ नगद रु ३०००० रासी सहित लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोक संगितमा योग्दान पुर्‍याए बापत नुर गंगा लोेक गायन स्थापित प्रतिभा राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री एबम साहित्यकार लोकेन्द्र बहादुर चन्द र सस्थाका सम्रक्षक अमिर प्रताप जबरा ले ताम्रपत्र र नगदले सम्मान गरेका थिए । गायक पौडेल करिब २ दशक देखी नेपाली लोक संगीतमा सक्रीय छन् ।

समाजका कुरीति बिसंगती घटना परिघटना यर्थाथ परक कुराहरुलाइ जस्ताको त्यस्तै उतार्न माहिर नबिनले यस अघि दर्जनौ यर्थाथ परक एल्बमहरु बजारमा निकालेका छन् । “यूवा पलायन भैदिएभने देश धान्ने कल्ले हो राज्यले बुझोस यो देश धान्ने यूवाकै बलले हो । हरेक जात जाति छौ नानाथरि मिलेर बसौ यहि जन्मभूमि छ स्बर्ग सरी”। नेपालको मेचि देखि महाकाली सम्मका मेला महोत्सबमा  ब्यस्त  र दर्शक श्रोताको  रोजाइम्ाा पर्ने लोकगायक मध्ये नविन पनि एक हुन् । “के सम्झनु छर जान्न मत त्यो घर” “यस्तै हुन्छ भन्नेभा” “म परेँ पाल्पाको” “दुखका दिन गए” ” नया पार्टी खोल्छु” लगायतका चर्चित गीत गायर उनले स्टेजमा गइसकेपछि सबैको वाह वाह पाउछन् र छमछमि नचाउछन् । नेपालमा मात्र होइन विदेशमा गएर पनि त्यहा रहेका नेपालीहरको मन जितिसकेका छन् ।जापान,दुबइ,मलेसिया,सिंगापुर,बंगलादेश,भारतका बिभिन्न राज्यहरुमा गएर आफना पस्तुतीहरु पस्किसकेका छन् ।