शितननिवासमा ओली र नेपालको लुकामारी - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

शितननिवासमा ओली र नेपालको लुकामारी



काठमाडौं- सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शितलनिवासमा लुकामारी शैलीमा भेट भएको छ ।

दिउसो पार्टीको बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न पुगेका ओली साँझ माधवकुमार नेपाल बाहिरिने बित्तिकै शितलनिवास पुगेका थिए ।

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ भने बुढानिलकण्ठबाट शितलनिवास हानिएका थिए । भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो।

नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए। विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए।

नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए। स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए।

प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन्। साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ।