खेल र गोलबारे लुकाकुले यसो भने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खेल र गोलबारे लुकाकुले यसो भने



‘सबै जनाले सोच्छन् कि रोमेलु लुकाकुले गोल, गोल अनि गोलबारे मात्रै सोच्छ, तर म अलराउण्डरका रूपमा देखिन चाहन्छु,’ ईएसपीएनसँगको कुराकानीमा लुकाकुले भने ।

खेल्ने क्रममा अरू साथीलाई गोलको अवसर जुराइदिनु महफूपूर्ण भएको र यसपटक आफूले धेरै एसिष्ट उपलब्ध गराएको उनले बताए ।

‘हो, म गोल गर्न चाहन्छु, तर टिमका लागि पनि सक्दो गर्ने प्रयास गर्छु,’ उनले भने । आफ्नो उत्कृष्ट प्रदर्शनले क्वार्टरफाइनलमा शुक्रवार पाँचपटकको विश्वविजेता ब्राजिललाई २–१ को गोल अन्तरले हराउन लुकाकुले मद्दत गरेका थिए ।