रोनाल्डोलाई टक्कर दिएका लुकाकुले खेल्न नपाउने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

रोनाल्डोलाई टक्कर दिएका लुकाकुले खेल्न नपाउने



विश्वकपमा राम्रो लयमा रहेका रामुलु लुकाकुले आज हुने इंग्ल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्।

यसअघि ट्युनिसियाविरुद्ध शनिबार भएको खेलमा खुट्टाको जोर्नीमा चोट लागेका कारण उनले इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका हुन्।

इंग्ल्याण्ड र बेल्जिमय दुबैले समूह जी बाट नकअाउट चरणमा स्थान बनाइसकेका छन्। इंग्ल्याण्ड र बेल्जियम दुबै समूह विजेता बन्ने होडमा आज मैदान उत्रदैछन्।

२५ वर्षिय लुकाकु सुरुवाती दुई खेलमा लगातार दुई गोल गर्दै ४ गोलका साथ विश्वकपको सर्बाधिक गोलकर्ताको सुचीमा क्रिस्टियानो रोनाल्डोसँगै दोस्रो स्थानमा थिए। शीर्षमा भने ५ गोलसहित इंग्ल्याण्डका कप्तान ह्यारी केन छन्।

बेल्जियमका प्रशिक्षक रोबिर्टो मार्टिनेजले लुकाकुको खुट्टाको सीटी स्कानपछि उनी बाँकी खेल खेल्न सक्ने भएपनि इंग्ल्याण्डविरुद्धको खेल भने गुमाउने बताएका छन्।

इंग्ल्याण्ड र बेल्जियम दुबै टोली समान अंक(६) र समान गोलअन्तर(६) का साथ समूह जी को पहिलो र दोस्रो स्थानमा छन्। आजको खेलमा जित हात पार्ने टोली समूह विजेता बन्नेछ।