लुका मोड्रिचले जिते अवार्ड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लुका मोड्रिचले जिते अवार्ड



काठमाडौं । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालेन डी’ओरको अवार्ड जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको करिब एक दशकको बर्चस्वलाई तोड्दै मोड्रिच सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका हुन् । ३३ बर्षका मोड्रिचले लगातार तीन पटक च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई विश्वकप फुटबलको फाईनल पु¥याएका थिए ।

ब्राजिल तथा एसी मिलानका फरवार्ड काकाले सन् २००७ मा यो अवार्ड जितेपछि रोनाल्डो र मेस्सीले पालैपालो यो अवार्ड जित्दै आएका थिए । यसपटक भने रोनाल्डो दोस्रो भए । बार्सिलोनाका स्टार मेस्सी पाँचौ स्थानमा रहे ।

त्यसअघि विश्व विजेता फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पे रहे । मोड्रिच यसै बर्ष फिफा बर्ष खेलाडी समेत घोषित भएका थिए । उनले विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल समेत प्राप्त गरेका थिए ।

अवार्ड ग्रहण गर्दै मोड्रिचले विगत १० बर्षमा मेस्सी र रोनाल्डो बाहेक अवार्ड जित्न नसकेका खेलाडीमा आफ्नो विजयललाई समर्पित गरेका थिए ।