इन्टर मिलान क्लबका प्रशिक्षकले भने लुका मोड्रिच हाम्रोमा आउँन चाहेका छन् - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

इन्टर मिलान क्लबका प्रशिक्षकले भने लुका मोड्रिच हाम्रोमा आउँन चाहेका छन्



काठमाडौं – इन्टर मिलान क्लबका प्रशिक्षक लुसियानो स्पाल्लेट्टीले रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिच आफ्नो क्लबमा आउन चाहेको खुलासा गरेका छन् ।

यी ३२ वर्षीय खेलाडी सेरी आ को क्लबमा जान चाहेको हल्लाहरू चलिरहँदा रियलले उनको तलब दोब्बर पार्ने आश्वासन दिएर राख्न खोजेको समाचार पनि आइरहेका छन् ।

तर बर्नाबाउमा नयाँ सम्झौता हुन नसकेमा चाहिँ उनी रियल छोड्न तयार रहेको दाबी गरिएको छ ।

एट्लेटिको मड्रिडसँग प्रिसीजनको शनिवारको खेलमा जीत हासिल गरेपछि इन्टर मिलानका स्पाल्लेट्टीले मोड्रिच आफूकहाँ आउन इच्छुक रहेको तर सम्भवतः उनी रियलमै बस्ने बताए ।

उनले भने, ‘मोड्रिचको कुरा गर्दा स्पोर्टिङ निर्देशकले हेर्ने हो । यो प्रक्रिया कसरी टुंगिन्छ मलाई थाहा छैन । उनले हाम्रो क्लबमा आउने चाहना देखाउनु सकारात्मक कुरा हो र हामी उनलाई क्लबमा ल्याउनका लागि सही परिस्थिति

निर्माण गर्दैछौं । रियल मड्रिडले उनलाई राखिरहन चाहेमा हामीले त्यो पनि स्वीकार्नुपर्छ र शायद त्यही नै हुन्छ होला ।’

रियलले शनिवार एसी मिलानलाई ३–१ ले हराएको खेलमा मोड्रिच अन्तिम १५ मिनेटका लागि खेल्न आएका थिए ।

च्याम्पियन्स लीगविजेता रियल मड्रिडले क्रोएसियाली खेलाडी मोड्रिचलाई बेचेमा उनको ठाउँमा टोटेनहमका खेलाडी क्रिस्चियन एरिकसेनलाई ल्याउने सम्भावना छ ।

एजेन्सी