फुट्ने तरखरमा लोसपा : ठाकुरले एकलौटी गरेको भन्दै कड्किए महतो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

फुट्ने तरखरमा लोसपा : ठाकुरले एकलौटी गरेको भन्दै कड्किए महतो



जनता समाजवादी पार्टी फुटेर बनेको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीभित्र ठाकठुक शुरू भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै राजेन्द्र महतो पक्ष फायर बनेको छ ।

मधेश प्रदेश र यसमा रहेका जिल्लाहरूको नेतृत्व चयन गर्दा ठाकुरले एकलौटी गरेको महतोले आरोप लागेका हुन् । मधेश मात्र नभएर अन्य जिल्लामा पनि ठाकुरले पेलेर अघि बढेको भन्दै असन्तुष्टि बढेको हो ।

‘अध्यक्षज्यूले पार्टीमा एकलौटी गर्न थाल्नुभएको छ ,’ महतोपक्षीय एक नेताले भने, ‘सबैलाई मिलाएर लैजाने खुबी उहाँमा देखिएन । हाम्रो पार्टीमा पनि दुई लाइन संघर्ष चलिरहेको छ ।’

उनले ठाकुरले यस्तै प्रवृत्ति देखाउँदै लगे पार्टी विभाजनसम्म जान सक्ने चेतावनी दिए । ‘यस्तै चाला हो भने चुनावसम्म मधेशमा अर्कै स्थिति पनि आउन सक्छ,’ उनले भने ।

उनले ठाकुरविरुद्ध आफूहरूले निरन्तर धर्नासमेत दिएको बताए ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पनि महतोपक्षीय नेता कार्यकर्ता भेला हुन छाडेका छन् ।