लोप हुँदै पानी घट्ट - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

लोप हुँदै पानी घट्ट



काठमाडौं । अछाम जिल्लाका खोला किनारमा अवस्थित पानी घट्टहरू पछिल्लो समयमा लोप हुँदै गएका छन् । गाउँमा बसोबास गर्नेको कमी ,खेतीपाती घट्दो आकर्षक र बिधुतीय मील स्थापना भए सङ्गै पानी घट्ट लोप हुँदै गएका हुन् । धेरै जसो ठाउँमा त पानी घट्टमा लोप भइसकेका छन् । अछाम जिल्लाका बुढीगंगा, कैलाश खोला, छीपेखोला,प्रभालीगाड,लगायतका साना खोला किनारमा रहेका घट्ट हरू लोप भएका छन् ।

बिगत केही बर्ष पहिले घट्ट संचालन गरि धेरै परिवारले आफ्नो जीवन निर्वाह गरेका थीए। तर, पछिल्लो समयमा उनीहरु विस्थापित भइसकेका छन् । पहीले आफुले घट्ट सञ्चालन गरेर नै ६ जनाको परिवारले पालेको तर अहिले घट्टमा पीठो पीध्नेको कमी आएको कारण बन्द गर्नुपरेको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाजराको सीमामा बग्ने छीपेखोला मा पानी घट्ट सञ्चालन गर्दै आएका राम बहादुर खड्काले बताए । उनी त एक उदाहरणीय पात्र मात्रै हुन अछाम जिल्लामा सञ्चालित धेरै जसो घट्ट सञ्चालक हरूको यस्तै अबस्था रहेको छ । धेरै जसो घट्ट सञ्चालक हरूले घट्ट नचले पछी पेशा नै परिवर्तन गरेको त कती बिदेशीएका छन् ।

अछाम जिल्लामा कती पानी घट्ट छन भन्ने त एकीन तथ्याङ्क छैन तर करिव २ सय देखि २५० सम्मको हाराहारीमा रहेको अनुमान गरिएको छ । सरकारले घट्ट सञ्चालनमा प्रोत्साहन गर्न सकेको छैन। घट्टमा पीधेको पीठो बिधुतीय मील भन्दा राम्रो र शक्तिबरर्दक हुने गरेको छ । तर यती फाईदा हुँदा पनि छीटो र सजिलोका कारण बिधुतीय मील को आकर्षक बढ्दै गएको पाइएको छ ।