लोकतन्त्र र सिन्डिकेट ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

लोकतन्त्र र सिन्डिकेट !



हरि थापा

लोकतन्त्र दिवस सबै तिर हर्ष उल्लासले मनाईरहदा मलाई चैँ साँच्चै च्वाँस्स चिसो सिरेटोले नराम्ररी सेक्यो।  घरै छेउको छिमेकी बा’लाई हेरे। बुढेसकालमा घिस्रिदै,अोल्लो घर पल्लो घर गरिरहँदा मैले यो लोकतन्त्रको अलिकति पनि महसुस गरिन्।जो मान्यवरहरुले गरिरहेका छन्।

भएका दुई भाइ छोरा एउटा जनअान्दोलमा परेर सहिद भए पछि बचेको अर्को छोरो परदेश गए,ती बा,को लागि कहाँ आयो लोकतन्त्र?
एउटी निर्दोष चेलीको कलिलै उमेरमा सिउँदो उजाडीनु विधुवा हुनु एउटा भर्खरैको काखेँ बालक टुहुरो हुनु चानचुने घटना हैनन् यी यावत घटनाको साक्षी यही लोकतन्त्र छ।एउटा व्यवस्था बदल्नको निमित्त कयोैँ चेलीहरूको सिउँदो पुछिएको छ बालबच्चा टुहुरो भएका छन् वृद्ध बा,आमा बेसाहारा भएका छन्।

लोकतन्त्रको मान्यताले यहीँ भन्छ त?यसरी शाहरा विहीन बाच्नु भन्छ कि के हो ? एउटा होनहार छोरो गुमाउनुको पिडा छँदै छ,छोरा नभएपछि बुहारी आफ्नै बाटो लाग्नु,अनि बुढेसकालको शाहार जीवित छोरो रोजीरोटीको लागि परदेश जान परेपछि कसरी मनाउँने लोकतन्त्रको खुसी?बा को गम्भिंर प्रश्न नितिनिर्माता र सत्ताधारीहरूलाई!सवाल जवाफ को पर्खाइमा बा,मोैन बसिरहनु भएको छ।

हातगोडा पटपटी फुटेको छ,नसाहरू चाउरीएको छ निर्दोष बा,पिडामा बाँचिरहेका छन् तातो पानी तताएर पिउन दिने कोही छैन,यति बेला सम्म छोरा बाचिदिएको भए
लोकतन्त्रको लागि बलि चढाउँन नपरेको भए सायद बुहारी नातानातीनी हुन्थे, यतिविध्न पिडामा डुब्नु पर्ने थिएन।तर दैवले लोकतन्त्रको बदला छोरा लग्यो।

सत्ताका मतियारहरुले के को लागि खुसी मनाएका हुन?म मात्र हैन ती बा,पनि चकित परेका छन्?सत्ता शक्तिको अाडमा श्रृङ्खलाबद्द घटना घटिरहँदा, सरुवा बढुवा नियुक्तिमा देखिएको दादागिरी सिस्टमको धज्जी उडाईरहदा के लोकतन्त्र अाएँछ झैँ लाग्नु स्वाभाविक हो।आपत् विपत् पर्दा कसैले नियतवस फसाउँदा समेत न्याय नपाउँनु लोकतन्त्रको अर्को पिडा हो।तैपनि धूमधाम लोकतन्त्र दिवस मनाउँन भने छाडेका छैनन्

यति मात्र हो र?आन्दोलनका बेला घर न घाट बनाएर खेदाएको अलि अलि भएको सम्पत्ति पनि मतियारहरुले शक्तिको अाडमा हडपेको फिर्ता अझै नपाएका हरूको लागि यो लोकतन्त्रले कहाँ न्याय गर्‍यो?दुरदराजको जिल्लाको व्यथा उस्तै सिटामोल पाउने अवस्था छैन अकालमा ज्यान गुमाउनु परेको छ लोकतन्त्र जनताको लागि कहाँ आयो र?सत्ताधारीहरूको हालिमुहाली छ।देशमा भएको अन्तराष्टिय स्तरको अस्पतालहरूमा उपचार नगरी डाईरिया हुँदा समेत विदेशी अस्पताल धाउनु लोकतन्त्रको अर्को मजाग हो।लोकतन्त्रले एउटा राजा फालेर सयोैँ महाराज जन्माएको छ ।।

दिनदाहडै मान्छे जिउँदै जल्छन,विभेदको कारण पानी छोएको भरमा कुटिन्छन।हिंसा रफ्तारमा भइरहेको छ न्याय पटक्कै पाएका छैनन् तिनका लागि खैँ लोकतन्त्र?

आन्दोलनमा घाइते भएका सन्तान गुमाएकाहरुको लागि कहाँ भयो न्याय?पावर र पैसाको आधारमा जे गर्न पनि सम्भव भएपछि ती निर्दोष निर्मम हत्या भएका चेलिबेटी,बलात्कार भएका बालिकाहरूले खैँ न्याय पाएको?अनि लोकतन्त्र दिवसमा के को लागि हर्ष?अन्याय भएका हरूलाई न्याय दिनु पर्दैन?चुड्किला कथा कविता भनेको भरमा जनताले न्याय पाउँछन यो गम्भिंर विषयमा ख्याल ठट्टा गर्नु कतिको न्यायोचित हुन्छ?

कसले सोचेका थिए,लोकतन्त्र आउँला यसरी सर्वसाधारण जनता खुल्लामा खुल्ला स्वतन्त्र भएर बाच्न पाउँनेछन र बोल्न पाउने छन् भनेर,तर लोकतन्त्रमा प्यार प्यार बोल्नु मात्र ऐतिहासिक प्राप्ति हैन।जनताको हक अधिकार सुनिश्चित हुनुपर्थ्यो तर यहाँ जनता पिल्सिएको कसैले देखेका छैनन्।

हो हिजो लोकतन्त्र दिवस मनाईरहदा तिनै व्यक्ति गज्बले खुसी भए!जो राजतन्त्रमा पनि चाकडीकै भरमा भए पनि सत्ताको दाहिने हात्त बनेर टन्न खान पाएका थिए।रमाइरहेका थिए हिंउँद वर्ष बाह्रैमास हरियो यिनैलाई भयो।जो राजतन्त्र देखि अहिले सम्म सत्ताको अाडमा मुसा भई छिरे पनिअाफु बाघ जस्तै बलियो बने देश कङ्गाल बनाए।।

त्यस्ता व्यक्तिलाई इतिहासको कुनै काल खण्डमा फरक परेन।राणा शासन,राजा शाही शासन देखि लोकतन्त्र यी मुसा बनेर सत्तामा छिरिरहे अनि भित्र भित्र टन्न खाईरहे।।

त्यसैले यी मुसाधारी व्यक्तिलाई कुनै शासनले पनि तह लगाउन सकेन,कहीँ न कहीँ सत्ताको अाडमा बाँचिरहे कसैको संरक्षणमा आफूलाई पूर्ण सुरक्षित बनाइरहे आर्थिक रूपमा होस वा भोैतिक रूपमा।

यिनीहरूलाई लाग्दोहो लोकतन्त्र कुनै जिनिस हो जो स्वास्नीको माईत बाट दाईजो, पेवा ल्याएको अथवा कुनै साथीले गिफ्टमा दिएको जिनिस त्यसैले त त्यति गंम्भिर देखिँदैनन्।

तर लोकतन्त्र कहाँ त्यति सजिलो आएको हो हजारोैँ परिवार अझै छटपटिरहेको छ। मुर्छा परेरै बाँच्न बाध्य भएको छ ।लोकतन्त्रमा यति साह्रो विकृति विसंगती हुन नपर्ने तर भईदियो।

रगतको खोला बगेको पनि चटक्कै बिर्सिदिए। जो जनक्रान्तिको मुख्य नायक अथवा खलनायक जसरी बुझोैँ जनअान्दोलन गरेर जनता उरालेर हजारोैँको सिउँदो पुच्छन अलिकति पनि डगमगाएनन् तर जब जे आवश्यकता थियो सत्ता जब प्राप्ति भयो ती योद्दाहरुका गुणहरू सबै भुले।

लोकतन्त्र तिनैलाई आयो,जो हिजो राजतन्त्रमा पनि राजा बराबर नै थिए आज झनै महाराज भएका छन्।तर गाउँ बस्तीमा खैँ लोकतन्त्र जाबो एक छाक टार्न अझै गोठाँला बस्नु परेको छ अझै मुखियाहरुको हप्काई दप्काईमा बाच्नु परेको छ।आवाज विहिनहरुको आवाज मन्द बनाइएको छ सत्ता र शक्तिको खेलमा सोझा साझालाई लुट्नु लुटेको छ।

सिण्डिकेट

लोकतन्त्र पछि सिण्डिकेटधारीहरु साँच्चै सलबलाएका छन्। राजनीतिक संरक्षणकै कारण मेडिकल माफिया देखि दैनिक उपयोगी खाधान्न सामाग्री सम्ममा भएको चरम लापरबाही विपक्षीहरू मान्न दोषी छैनन्। जो बर्षोैँ देखि लुट्न पल्केका छन् उनीहरूलाई लुट्ने र भुडि भर्ने नसा लागिसकेको छ।उनीहरू फरक बन्न चाहँदैनन् जे हिजो थियो जति लुटेका थिए त्यसैगरी निरन्तरता दिन चाहन्छन।लाज घिन अहँ केही छैन।यो त लोकतन्त्रको उपहास भएन र ?

सिण्डिकेटको कुरा गर्दा अहोँ। केही थाहाँ नपाए जस्तो लाज पचाउँछन सम्बन्धित निकाका प्रमुखहरू देशमा यतिविध्न लुट मच्चिरहेको छ सम्बन्धित निकायको ध्यान कत्ता हो पत्तो छैन।
माथि देखि तल सम्मको मिलेमतो नभए किन जोगाउन तल्लीन देखिन्छन् सम्बन्धित निकाएका प्रमुखहरू?

स्वास्थ्य, शिक्षा,यातायात,प्रशासन जत्ताततै शक्तिको अाडमा नितिनियमलाई खल्तीमा कोचेर हालिमुहाली गरिरहँदा केही घटना अपवादमा सतहमा देखिँदा कसैलाई थाहाँ नभए जस्तो अाश्चर्यचकितमा पर्छन।सबका सबलाई थाहाँ भएर पनि थाहाँ नपाए जस्तो लाचार व्यवहार देखाउनु पुन लुट्ने चाहना राख्नु हो।यिनलाई जरादेखि हल्लाउनु पर्छ र उखेलेरै फाल्ने हैसियत सरकारले राख्नु पर्छ।

प्रेट्रोलियम पदार्थ, खाधान्न,ग्यास चामल बन्दहडतालको बहानामा सर्वसाधारण लुटिन सम्म लुटिरहेका छन् नितिनिर्माताहरु यसलाई कति सजिलै सामान्य घटनाको रूपमा व्याख्या गर्छन्।अझ व्यवसायीहरूको दाबी पनि उतिकै छ ।गल्ती गरेर पनि होइन भन्नु लज्जाको विषय हो।

प्रशासनको कुरा गर्ने हो भने पावर र पहुँच पैसाको लेखाजोखा गरेर पीडितको जाबो एउटा निवेदन सम्म दर्ता नगरिदिनु कति सम्मको हेपाहा प्रविती हो।राजनीतिलाई कमाई खाने भाँडो बनाई शक्तिको दुरुपयोग गरी यसरी हर क्षेत्रमा सिण्डिकेट चलाइरहनु लोकतन्त्रको खिल्ली उडाउनु हो। समयमा सरकारी निकाय र गैर सरकारी निकाय अझै कडा रूपमा लाग्नु पर्छ ।समयमा नै चनाखो हुनु जरुरी छ।