लोकसेवा आयोगलाई विज्ञापन नखोल्न निर्देशन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

लोकसेवा आयोगलाई विज्ञापन नखोल्न निर्देशन



काठमाडौं सरकारले लोकसेवा आयोगलाई दुई महिनाका लागि विज्ञापन नखोल्न निर्देशन दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई यस्तो निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आयोगलाई सबै मन्त्रालयको जनशक्ति संरचना नबनेसम्म विज्ञापन नखोल्न दिर्नेशन दिएको हो । बैठकले जनकपुर–जयनगर–कुर्था रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको हुँदा त्यसमा नेपाली झण्डा राख्ने र व्यवस्थापन सञ्चालनका लागि कानुनी र अन्य संस्थागत तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै हवाई उड्डयनसम्बन्धी विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ ।कम्तीमा पनि आगामी दुई महीनाका लागि विज्ञापन नखोल्न सुझाव दिएको छ ।

सरकारले बडादसैंका उपलक्ष्यमा सबै नेपाली दाजुभाइ र दिदीबहिनीमा शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेको छ ।