लोक दोहोरी अवार्डको मनोनयन जेष्ठ ६ गते सार्वजनिक हुँदै
हिमाल पोस्ट /काठमाडौं
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ,उपत्यका समन्वय समितिले हरेक वर्ष गर्दै आइरहेको लोक दोहोरी अवार्ड अहिले५ औ वर्षमा प्रवेश गरेको छ ।अग्रजलाइ सम्मान , अनुजलाइ प्रोत्साहन भन्ने मूल नारा आगाडी सारेर २०६२ साल स्थापित उपत्यका समन्वय समितिले नेपाली लोक गीत सङ्गीतको संरक्षणमा उलेख्य भूमिका निर्वाह गरिरहेको देखिन्छ।
लोक दोहोरीको “पर्व ” को रूपमा दाजिने लोक दोहोरी अवार्ड को आउदो जेष्ठ ६ गते मनोनयन सार्वजनिक हुँदै छ ।पहिले भन्दा यो वर्षको अवार्डको मनोनयन अलि फरक ढङ्गले हुनेछ ।जस्मा सम्पूर्ण फर्म भरेका प्रतिनिधिको नाम लिस्ट प्रोजेक्टरमा देख्न सकिने र तेहि भित्रबाट टप ५ निकालिने छ ।यसो गर्दा अवार्डको बिश्वस्नियता र अलि बढी वैधानिक अनि वैज्ञानिक हुने सस्थाका सदस्य तथा प्रचार प्रसार सह-सम्योजक रामु खडकाले बताए ।
नोट: अवार्ड फर्म भर्ने मिति पनि थोरै बाकी रहेको हुनाले कोही छुटेको र जानकारी नभयको भय छिटो भन्दा छिटो गयर सास्थाको कार्यलय लाजिम्पाट उत्तरढोका सम्पर्क गरिदिनुहुन अनुरोध छ।