कैलालीको लम्कीमा लोक भिजन साप्ताहिकको विमोचन  - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कैलालीको लम्कीमा लोक भिजन साप्ताहिकको विमोचन 



लम्की ,कैैैलाली । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले विकास पत्रकारीतामा कलम चलाउन पत्रकारलाई आग्रह गर्नु भएको छ । आइतबार लम्कीमा आयोजित लोक भिजन साप्ताहिक पत्रीकाको बिमोचन गर्दै प्रमुख बजगाईले पत्रकार राज्यको चौथो अगं भएकाले जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र विकास निमार्णमा भैरहेका गतिबिधिलाई बाहिर ल्यायर समाजिक विकासका लागि सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

लम्की क्षेत्रमा सञ्चारको विकासमा एक ईट्टा थपिएकोमा आफु खुसि भएको बताउदै प्रतिशोधका लागि नभई खबरदारी र विकासका क्षेत्रमा पत्रकारको कलम चल्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा नगर उप–प्रमुख टीका थापाले भरखरै प्रकाशनमा ल्याएको लोक भिजन साप्ताहिकको सफलताको शुभकामना दिदै निरन्तरताका लागि आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता पनी गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले अबको पत्रकारिता राजनितिक आरोप प्रत्यारोपका समाचारले मात्र अगाडि बढ्न नसक्ने बताउनु भयो । लामोसमय देखि पत्रकारीतामा क्रियाशिल पत्रकार लोक बहादुर देउवाले प्रकाशनमा ल्याएको लोक भिजन साप्ताहिकको सफलताको शुभकामना दिदै पत्रीकामा प्रकाशन गर्ने समाचार सत्य, तथ्य र विश्वसनियतामा जोड दिन आग्रह गर्नु भएको थियो । पछिललो समयमा महिला पत्रकारहरु धेरै समय सम्म पेशामा टीक्न नसकेको बताउदै यसमा सबै गम्भीर हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्कबहादुर कठरीयाले सञ्चारमाध्यामको विकास हुनु यस क्षेत्रको सौभाग्य बताउदै पत्रीकाको निरन्तताको शुभकामना दिनु भएको थियो ।

लोक भिजन साप्ताहिकका प्रकाशक लोक बहादुर देउवाले यस क्षेत्रमा एक नया आयाम थप्ने उद्देश्यका साथ पत्रीका प्रकाशनमा ल्याएको बताउनु भयो । राजनितिक आरोप प्रत्यारोपमा चलिरहेको पत्रकारीतालाई आफुनो पत्रीकाले विकास पत्रकारीलाई प्रोतसाहान गर्ने उद्देश्यका साथ अगाडि बढ्ने बताउनु भयो ।

लोक भिजन साप्ताहिकका प्रकाशक पत्रकार लोक बहादुर देउवाको सभापतित्वमा भएको पत्रीका विमोचन कार्यक्रमको प्रमुख अतिथीमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो , भने  विशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका नगर उप प्रमुख टीका थापा रहनु भएको थियो । कार्यक्रममा लम्कीचुहा वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउने, वडा नम्बर ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नम्बर १० का वडा अध्यक्ष हर्कबहादुर कठरीया, बर्दगोरीया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष भिखु चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद, टीकापुर दैनिकका प्रकाशक सम्पादक भुवनेश्वरी अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, सदस्य देवानन्द न्यौपाने, सामुदायिक रेडियो पश्चिम आवाजका अध्यक्ष बुद्धिप्रसाद खनाल, सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक युवराज न्यौपाने, शिक्षा विद् बद्रिप्रसाद लम्साल, पत्रकार नेत्र प्रसाद जैशी, पत्रकार पदम ओझा, प्रिन्स वि.क, रमित पाण्डे, कैलाली होटल ब्यवसायि संघका अम्मर पोख्रेल, समाजसेवि टंक बहादुर देउवा लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रीकाका सम्पादक जनक बहादुर विष्टले गर्नु भएको थियो ।