लोक गीतबाटै निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लोक गीतबाटै निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग (भिडियो सहित)



काठमाडौं:  लोक गीतबाटै निर्मला पन्तका हत्यारालाई कारबाही गर्न गायक अर्जुन भुसालले माग गरेका छन् ।
राजतन्त्र हटाएर गणतन्त्र र संविधान आएपछि जनताको अधिकार आएको भनेपनि नेताहरूको ढाकछोप र दण्डहीनताका कारण निर्मलाका हत्यारालाई कारबाही हुन नसकेको बताएका छन् ।

उनले हालै निकालेको निर्मला पन्तको बारेमा निकालेको सुन नेता सुन बोलको गीतमा नेताहरूले आफ्नो चरित्र सुधार्न र गुन्डा गर्दी अत्याचार र बलात्कार नरोकेमा देश भित्र लुक्ने ठाउँ नपाउने त्यस्ता नेतालाई जनताले बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाँउपवालिका वाड नम्बर ४ केरुंगामा जन्मिएका लोक गायक अर्जुन भुसालको यस गीतमा कलाकारहरू कमल पौडेल, अमित बाबु रोकाया, खेमराज रेग्मी, इन्द्र सुशील बन्जाडे र जमुना श्रेपालीले साथ दिएका छन् । गायक भुसालले नेपाल आमा, तगारो, दिलमाया पागल भाछु, झल्को मेट्न लाई, तिज गीत मादलु , अन्तिम सास लगायतका गीतहरू निकाली सकेका छन् ।