सोना के.सिको प्रेममा 'जोगी'बनेका युदिनको पर्दाफास गरिदिए सोनु र रोशनीले (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

सोना के.सिको प्रेममा ‘जोगी’बनेका युदिनको पर्दाफास गरिदिए सोनु र रोशनीले (भिडियो सहित)



समीर प्रकाश पाण्डे

प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन् । खास गरी सम्पत्ति भएका घरका युवा, पुरुषहरू यसरी प्रेम जालको पासोमा परी बर्बाद भएका छन् भने कोही परदेशमा नाटकि मायाको जालमा  पर्छन् र जोगी बन्छन्  ।  हो यस्तै माया प्रेममा जोगी बनेको कथालाई विषय बस्तु बनाएर हालै मात्र नयाँ लोक दोहोरी गीत जोगी सार्वजनिक भएको छ ।

गीत सङ्गीत , साहित्य लेखन ,सञ्चारकर्मी र पछिल्लो समय केही म्युजिक भिडियोमा समेत देखिँदै आएकी सर्जक किस्ना आचार्य र‍ोशनीक‍ो उत्कृष्ट शब्द सीर्जनामा रहेको यो गीतमा परदेशमा रहेर आफ्नो काम पछिको समय निकालेरै भए पनि गीत सङ्गीतमा सक्रिय देखिँदै आएका बहु- प्रतिभाका धनी गायक प्रेम सापकोटा स‍ोनुक‍‍ो लयमा चर्चित गायिका पुर्णकला बिसी र उनै गायक स‍ोनुको आवाज रहेको छ ।

जापानमा छायाङ्कन गरिएको गीतको भिडियो निर्देशन समेत गायक सापकोटाले नै गरेका छन् भने गीतमा सोना   के.सी,युदिन न्यौपानेको दमदार अभिनय देख्न सकिन्छ ।

गीतलाई आरती म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://youtu.be/tA_o9iv6tg0