कोरोनाले विकराल रुप लिएपछि पुरै अमेरिका 'लकडाउन' गर्ने तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कोरोनाले विकराल रुप लिएपछि पुरै अमेरिका ‘लकडाउन’ गर्ने तयारी



एजेन्सी- अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ ।

पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो ।

८ करोड ५ लाख जनसंख्या रहेको पश्चिमी भर्जिनियालाई लक डाउन गर्ने विषयमा दुई दिनमै निर्णय गरिने अधिकारीहरुले जनाएका छन् ।

यता ११ राज्यहरुसंगै फ्लोरिडामा पनि सबै बार र रेष्टुरेण्टहरु बन्द गर्ने निर्णय गरिएको छ ।

हिजो मात्र राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभित्र पनि आवतजावतमा प्रतिबन्ध लाग्न सक्ने बताएका थिए ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने गभर्नरहरुले आग्रह गरे अमेरिकी सेनाले फिल्ड अस्पतालहरु निर्माण गर्ने बताएका छन् ।

पेन्टागनका प्रमुख मार्क इस्परले अमेरिकी स्वास्थ्य विभागलाई ५० लाख मास्क उपलब्ध गराउने तयारी गरेको बताए ।

अमेरिकामा कोरोना भाइरसका कारण थप २६ जनाको मृत्यु भएपछि मृतकको संख्या १ सय १२ पुगेको छ ।

करिब ६ हजार ४९९ जना संक्रमित भेटिएका छन् । १ सय बढी उपचार पछि निको भएका छन् ।

सङ्क्रमणले विकराल रुप लिएपछि पुरै अमेरिका ‘लकडाउन’ गर्ने तयारी भैरहेको बताइएको छ ।