उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय



काठमाडौं- कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा जारी निषेधाज्ञा यही वैशाख २९ गते राति १२ बजे सकिँदै छ । त्यसपछि आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारुहरुले पनि अझै दुई साता निषेधाज्ञा जारी राख्नुपर्ने बताउँदै आएका छन् ।