मोडालिटी फेरेर उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मोडालिटी फेरेर उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी



काठमाडौं । कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेपछि उपत्यकामा लगाइएको निषेधाज्ञा फेरि एक साता थपिने भएको छ ।

संक्रमण सोचेअनुरूप नियन्त्रणमा नआएको भन्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले थप एक साता निषेधाज्ञा लगाएर बिस्तारै खुकुलो बनाउने सहमति बनेको स्रोतले बताएको छ ।

तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार दिउसो बसेर यसबारे थप निर्णय गरिने जनाइएको छ । अहिले थपिने निषेधाज्ञाको मोडालिटी भने परिवर्तन गरिने बताइएको छ ।

अब थपिने निषेधाज्ञामा खाद्य पसल तथा किराना पसल खुलाउन दिने तर अन्य क्षेत्रमा भने कडाई गरिने छ । पछिल्लो साता खाद्य पसल तथा किराना पसल पनि बन्द गरेपछि यसको चौतर्फी विरोध भएको थियो ।