लकडाउनको मोडालिटी परिवर्तन हुने पक्का - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

लकडाउनको मोडालिटी परिवर्तन हुने पक्का



काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको करिब ३ महिना लामो लकडाउनको प्रकृति फेरिने भएको छ । लगातार जारी लकडाउनको मोडालिटी परिवर्तनबारे बुधबार बस्ने मन्त्रीपरिषदको बैठकले टुंगो लगाउने भएको छ ।

मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधबार दुई बजे बस्ने र उक्त बैठकले लकडाउन ढाँचा परिवर्तन गर्ने बताईएको छ। एक मन्त्रीका अनुसार सरकारले सबै क्षेत्रको चर्को दवावका कारण सरकारले लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ।