स्थानीय तहको ६ महिनाः अलमलमै जनप्रतिनिधि
झापाको गौरदह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे ।
अबेरमात्रै कार्यालय आईपुगेका उनले भने ‘सबै जनताका काममा पुग्नैपर्छ ।’
वडाध्यक्ष भण्डारीले घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको पनि सुनाए ।
जनप्रतिनिधि निर्वाचित भएका ६ महिनायता उनको दैनिकी यस्तै छ ।
विहानदेखि बेलुकासम्म जनताका विवाद मिलाउनुकै धपेडी ।, आजको नागरिकमा यो खबर छ ।