किन गरिन्छ सोमबार शिवको पुजा ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

किन गरिन्छ सोमबार शिवको पुजा ?



भगवान शिवलाई प्रथम देव मानिन्छ। यो संसार नै शिवको उत्पत्ति रहेको धार्मीक मान्यता छ। शिव भगवानको पुजा सोमबार गर्ने गरिन्छ। किनकी सोम को अर्थ हो ऊँ सहित । त्यसैले सोमबारको अर्थ भयो, ऊँ सहितको दिन । अर्थात जुन दिन शिव भगवानको पुजा गरिन्छ, त्यो दिन नै सोमबार हो।

ऊँ अर्थात प्रथम देव । त्यसैले सृष्टीमा पहिलो देवता शिव हुन्। शिव कारणभूत हुन्। कुनै पनि चीज हुनुको कारण शिवलाई जान्छ। शिवको पाँच मुखपञ्चतत्व हुन्।जुन जीवन उपयोगी छन्। जल, वायु, आकास, अग्नि र जमिनमा नै जीवको निर्माण भएको छ।

सोमको अर्को पनि अर्थ छ उमासहित । अर्थात माता पावर्तीसहित शिव । त्यसैले यो दिन शिवसँगै माता पावर्तीको पनि पुजा गर्नका लागि महत्वपूर्ण छ। सोमबार शिव भगवानको पुजा गर्दा सुख र सौभाग्य बढ्ने धार्मीक विश्वास छ।

त्यस्तै सोमको अर्थ हुन्छ सान्त। शिव शान्त र समाधिमा रहने देव हुन्। जसका कारण सोमबार शिवको पुजा गर्नु उत्तम मानिन्छ।

पुराणका अनुसार सोमको अर्थ हो चन्द्रमा । किनकी चन्द्र शिवको मुकुटमा रहने गर्दछन्। त्यसैले सोमबार शिवको पुजा गर्दा चन्द्रदेव पनि प्रसन्न हुने विश्वास गरिन्छ।