साँझमा लोडसेडिङ हुने हल्ला के हो ? - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

साँझमा लोडसेडिङ हुने हल्ला के हो ?



आगामी ४ दिन साँझको समयमा उद्योगहरुमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने धेरै सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । ‘हाम्रो सबस्टेशनमा पनि प्रोटेक्सन र कम्युनिकेशनको काम गर्नुपर्छ । भारततर्फ पनि प्रसारणलाइनमा सिफ्टिङको काम गर्नुपर्नेछ,’ उनले भने,’बेलुका उद्योगहरुमा २ घण्टा लोडसेडिङ हुन सक्छ ।’

धनुषामा हालै २२० केभीको ढल्केबर सबस्टेशनको निर्माण सकिएको छ । त्यसैले हालसम्म १३२ केभीमा सञ्चालनमा रहेको यो प्रसारणलाइनलाई २२० केभी क्षमता स्तरोन्नति गर्न लागिएको छ ।

यो काम सकिएपछि भारतबाट अहिले आइरहेको भन्दा १५० मेगावाट बढी बिजुली आयात गर्न सकिन्छ । नेपालले भारतबाट अहिले ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । बर्षायाममा यस्तो आयात दर घट्छ ।

भारतबाट ठूलो परिमाणमा बिजुली आयात केही दिन रोकिने भएपछि प्राधिकरणले आन्तरिक आयोजनाको व्यवस्थापन चुस्त बनाउन लागेको हो ।

अधिकतम् प्रयासमा कतै लोडसेडिङ हुन नदिने योजनामा प्राधिकरण छ । अहिले नदीहरुमा पानीको सहत राम्रो भएकाले ठूलो चुनौति नपर्ने विश्वास प्राधिकरणका अधिकारीहरुलाई छ । वषरदका कारण उत्पादन बढेकाले व्यवस्थापन गर्न समस्या नपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।

अहिले २२० केभीमा स्तरोन्नति हुने ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन आगामी वर्षसम्म ४०० मेगावाट क्षमतामा विस्तार हुँदैछ । त्यतिबेलासम्म भारतसाग इनर्जी बैंकिङको समझौता भएमा बर्षाको समयमा तामाकोसीबाट उत्पादित बजिुली भारत निर्यात गर्न सहज हुनेछ ।

४ सय मेगावाटमा प्रसारणलाइन स्तरोन्नति भएपछि १ हजार मेगावाट बजिुली आयात–निर्यात गर्न सकिने छ ।