आहा ! लिभरपुलले उपाधि जितेको त्यो हेर्नलायक क्षण - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

आहा ! लिभरपुलले उपाधि जितेको त्यो हेर्नलायक क्षण



म्याड्रिड (एजेन्सी)– लिभरपुलले च्याम्पियन्स लिग उपाधि जितेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो । लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले दोस्रो मिनेटमा पेनाल्टी गोलबाट टोलीलाई अग्रता दिलाएका थिए ।

साडियो मानेको क्रसमा बल माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । जसमा सलाहले कुनै गल्ति गरेनन् ।

ओरिगीले खेल सकिन तीन मिनेट बाँकी रहँदा टोलीका लागि दोस्रो गोल गर्दै जितलाई पक्का पारेका थिए । ओरिगी ५८ औं मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।