लिभरपुललाई चेल्सीले पनि हरायो - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

लिभरपुललाई चेल्सीले पनि हरायो



यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको टिम लिभरपुललाई राम्रो प्रदर्शन गर्दै आएको अर्को टिम चेल्सीले हराएको छ । इएफएल कप (कारबाओ कप) को तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेको खेलमा पहिलो अग्रता भने घरेलु टोली लिभरपुलले लिएको थियो । ५८ औँ मिनेटमा ड्यानिएल स्टुरेजको गोलबाट लिभरपुलले अग्रता लियो ।

७९ औँ मिनेटमा एमर्सन पाल्मिएरीले चेल्सीका लागि बराबरी गोल फर्काए । ८५ औँ मिनेटमा इडन हजार्डले स्टनिङ्ग गोल गर्दै टिमलाई २–१ को जित दिलाए । लिभरपुलले यो खेल अघि यो सिजनका सात खेलमा जित निकालेको थियो ।

जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ भने लिभरपुल बाहिरियो ।

अर्को खेलमा पेनाल्टीमा वाट्फोर्डलाई हराउँदै टोटनह्याम पनि चौथो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टीमा टोटनह्यामले ४–२ को जित निकालेको हो ।