लिभरपुलले जितले टुंगियो प्रि–सिजन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लिभरपुलले जितले टुंगियो प्रि–सिजन



नयाँ सिजनको तयारीमा रहेको लिभरपुलले आफ्नो प्रि–सिजन टुर जितसहित टुंग्याएको छ । लिभरपुलले मंगलबार राति एनफिल्डमा भएको खेलमा टोरिनोलाई ३–१ ले हराएको छ ।

इटालियन क्लब टोरिनोलाई हराउने क्रममा लिभरपुलका लागि रोबर्टो फिरमिनो र जर्जिनियो विनाल्डमले पहिलो हाफमा गोल गरे । टोरिनोका लागि एक बेलाट्टीले पहिलो हाफमा नै एक गोल फर्काए ।

लिभरपुलका लागि ड्यानिएल स्टुरेजले अन्तिम समयमा एक गोल गरे र ३–१ को जित दिलाए । गएको सिजन समग्रमा ९१ गोल गरेका मोहम्मद सालह, रोबर्टो फिरमिनो र साडिओ मानेले यो खेलमा पहिलो हाफमा मात्रै खेले ।

लिभरपुलको टिममा यहि सिजन अनुबन्ध गरिएका विश्वकै महँगा गोलकिपर एलिसन तथा मिडफिल्डर नाबी केइता र फाबिन्हो पनि थिए । लिभरपुलले प्रिमियर लिगको पहिलो खेलमा आउँदो आइतबार एनफिल्डमा वेष्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।