लिभरपुल कि टोटेनहम ? उपाधि भिडन्त निकै रोमाञ्चक - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

लिभरपुल कि टोटेनहम ? उपाधि भिडन्त निकै रोमाञ्चक



एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित र प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदै छ ।

यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस टोली लिभरपुल र टोटेनहम हस्टपरबीच प्रतिस्पर्धा हुदैछ । खेल स्पेनको मड्रिडस्थित वान्डामेट्रोपोलिटानो स्टेडियममा राति १२ः४५ बजेपछि शुरु हुनेछ । सन् २००८ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । सन् २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा म्यानचेस्टर युनाइटेड विजयी भएको थियो ।

दुई इंग्लिस क्लबबीचको उपाधि भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अघिल्लो संस्करणको पनि उपविजेता रहेको लिभरपुल छैटौपटक च्याम्पियन बन्ने अभियानमा रहँदै मैदान उत्रनेछ । गत सिजन स्पेनिस क्लब रियल मड्रिडसँग ३–१ ले पराजित भएको थियो । तर, यसपटकको उपाधि जित्दै लिभरपुल १४ वर्षपछि छैटौंपटक युरोपियन च्याम्पियन बन्ने दाउमा रहनेछ ।

लिभरपुलले सेमिफाइनलमा उपाधिको दावेदार मानिएको स्पेनिस क्लब बार्सिलोनामाथि उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो । पहिलो लेगमा ३–० ले पछि परेको लिभरपुलले दोस्रो लेगमा ४–० को जितसहित समग्रमा ४–३ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । उत्कृष्ट फर्म रहेको लिभरपुलका लागि रोबर्टाे फिर्मिनो फर्कदा म्यानेजर योर्गेन क्लोपलाई राहत मिल्दा साडियो माने र मोहम्मद सलाहले अग्रपङ्ति सम्हाल्नेछन् । प्रशिक्षक क्लोपले यसपटक फाइनलमा हार बेहोरेको हेर्न नचाहने बताएका छन् ।

यता, टोटेनहम पहिलो फाइनल यात्रामै पहिलापटक युरोपियन च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । जित हात पारे टोटेमहले इतिहास बनाउनेछ । सेमिफाइनलमा अन्डरडगको छवि बनाएको नेदरल्यान्डको आयाक्सविरुद्ध उत्कृष्ट पुनरागमन गरेको टोटेनहम त्यही गतिलाई लिभरपुलविरुद्ध दोहो¥याउनेछ । डच क्लब आयाक्सविरुद्धको सेमिफाइनलको पहिलो लेगमा २–० ले पछि परेपनि दोस्रो लेगमा ३–० को तथा समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा पगन सफल भएको थियो ।

फाइनल खेलका लागि ह्यारी केन मैदान फर्कदा टोटेनहमको आशा जीवित बनेको छ । म्यानेजर मौरिसियो पोचेटिनोले फाइनलमा केहि कठिनाई हुने भएपनि च्याम्पियन बन्न सबै अस्त्र प्रयोग गर्ने बताएका छन् ।