लायन्स युथले गर्‍यो बृहत् शिविर - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

लायन्स युथले गर्‍यो बृहत् शिविर



भाद्र १८, बुटवल

लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा बृहत् डायबिटीज जाँच तथा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । रुपन्देहीको धकधैई स्थित श्री राम नरेश आदर्श उच्च  मा बि को प्राङ्गणमा एक समारोह बीच कार्यक्रम गरिएको थियो ।

कार्यक्रम रिहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव को प्रमुख आतिथ्यता तथा क्लब का वर्ष २०१७-१८ का अध्यक्ष लायन धिरज मल्लिक को सभापतित्वमा मा सम्पन्नभएको बताइएको छ । डा. नवीन महासेठ, डा. सन्दिप बर्मा, डा. रेश्मा क्षेत्री , डा. अभिषेक कुमार रवि , डा. बैभब बस्याल लगाएतकाअनुभवी चिकित्सकबाट ३ सय जनाको सुगर परीक्षण तथा ५ सय १० जनाको स्वास्थ जाँच गरिएको  प्रशान्त श्रीवास्तवले बताए ।

कार्यक्रममा क्लब का सन्स्थापक अध्यक्ष तथा एरिया चिफ लायन अर्चित श्रेष्ठ, जोन चेयर पर्सन लायन विनोद खरेल, एलसिआईएफ संयोजक लायन गोकुल प्रसाद श्रेष्ठ, लायन्स होलिसिटी का अध्यक्ष लायन सुशील गुरुङ, लायन्स भैरहवा का द्वितीय उपाध्यक्ष लायन दीपक पौडेल, विद्यालयका प्राध्यापक तारानाथ त्रिपाठि, इलाका प्रहरी धकधैई का सहायक निरीक्षक युवराज चन्द, धकधैइ ट्राफिक प्रमुख लीला थापा, लगायत विशिष्ट समाजसेवी तथा ब्याक्तित्व हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न बक्ताहरूले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रम को सञ्चालन क्लब का सचिव लायन प्रशान्त मणि रामदामले गरेका थिए भने ध्वजा को अभिवादन क्लब का सन्स्थापक अध्यक्ष लायन गणेश खडकाले गरेका थिए ।
क्लबले अन्य थुप्रै सामाजिक, शैक्षिक तथा आँखा जाँच शिविर एवं दन्त शिविर समेत गर्ने लायन गौतम गुप्ताले जानकारी गराए ।