ट्रायल पास गरेका हजारौंको लाइसेन्स रद्ध ! - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

ट्रायल पास गरेका हजारौंको लाइसेन्स रद्ध !



काठमाडौं : सरकारले जारी गरेको यातायात व्यवस्था कार्यविधिअनुसार आर्थिक वर्ष २०७४-७५ मा ट्रायल पास गरेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ।

यो व्यवस्था अनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजस्व तिर्न बाँकी रहेका २-३ हजारको लाइसेन्स रद्द हुने भएको छ। साथै रि–ट्रायल पनि हुने छैन्।

मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकन्तकुना, ठूलोभर्‍याङ, सुकेधारसहित देशभरका कार्यलयमा अघिल्लो आर्थिक २०७४-७५ मा ट्रायल पास गरेका र राजस्व तिर्न बाँकी भएका सेवाग्राहीहरु लाइसेन्स कार्यालय पुगेका थिए। तर, कार्यालयले उनीरुलाई कार्याविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएका कारण फर्काइएको जनाएको छ।

अघिल्लो आर्थिक वर्षमा ट्रायल पास गरेकाहरु नयाँ आर्थिक वर्षमा राजस्व तिर्न आएका हुनाले उनीहरुबाट राजस्व लिन नसकिएकाकले फर्काइएको यातायात व्यवस्था कायालय सवारी चालक अनुमतित्र जगातीका प्रमुख राजनप्रसाद पौडेलल बताए। ‘कार्याविधिअनुसार हामीले राजस्व लिन नमिल्ने भएकाले सेवाग्राहीलाई केही दिनमा आउनु भनेर विभागलाई स्पष्ट निर्देशनका लागि अनुरोध गरी पठाएको छ’ उनले भने ‘कार्याविधिको व्यवस्थाले अप्ठेरो परेकाले राजस्व तिर्न आउने सेवाग्राहीबाट राजस्व लिन सकेनौ।’