पुस १४ देखि लाइसेन्सको फाराम खुल्ने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

पुस १४ देखि लाइसेन्सको फाराम खुल्ने



काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले १० महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फाराम खुलाउने सुचना जारी गरेको छ ।

विभागले पुस १४ गतेदेखि अनलाइन फाराम खुलाउन लागेको हो ।शुक्रबार एक सूचना जारी गर्दै विभागले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डहरू पालन गरी अनलाइन फाराम खुला गर्न लागिएकाे जानकारी दिएको हो ।

विभाग अन्तर्गत प्रदेशमा रहेका कार्यालयहरू र काठमाडौं उपत्यकाका तीनवटा कार्यालयहरूबाट सवारी चालक अनुमति पत्रको परीक्षा दिन सकिने छ । यद्यपि कार्यालयहरूले दैनिक निश्चित सेवाग्राहीकाे मात्र परीक्षा लिने भन्दै कोटा भने तोक्न सक्नेछ ।

अनलाइन फारम खुलेसँगै १० महिनादेखि प्रतिक्षारत सेवाग्राहीले सवारी चालक अनुमतिपत्र बनाउन पाउने भएका छन् ।