लाखौँ विद्यार्थी अन्योलमा : सरकारद्वारा ‘नो अब्जेक्सन लेटर’ दिन बन्द - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

लाखौँ विद्यार्थी अन्योलमा : सरकारद्वारा ‘नो अब्जेक्सन लेटर’ दिन बन्द



काठमाडौं – नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरूमा डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाइका लागि अस्ट्रेलिया, जापान लगायतका देशहरूमा जाने विद्यार्थीहरूका लागि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ।

सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दिने गरेको ‘नो अब्जेक्सन लेटर’ गरेको थियो । सो कोर्स ‘इसिटिएस क्रेटिडस्’ अनुसार हुन्छ जुन नेपालको स्नातक तह प्रथम या द्वितीय सो सरह हो ।

मंगलबारदेखि नो अब्जेक्सन लेटर दिन बन्द गरेपछि अध्ययनको लागि विदेश जान तयारी गर्दै गरेका विद्यार्थीहरू अन्यौलमा परेका छन्।

केही महिनाअघि अस्ट्रेलिया अध्ययनको लागि जाने विद्यार्थीहरू समस्यामा परेका थिए। त्यसैको प्रतिफल स्वरूप सरकारले अस्ट्रेलियालाई नै केन्द्रित गरेर नो अब्जेक्सन लेटर बन्द गरेको हुन सक्ने जानकारहरूले बताएका छन्।

नियमावली अनुसार छात्रवृत्ति र नो अब्जेक्सन लेटर इस्यु गर्नलाई कुनै पनि शैक्षिक कार्यक्रम विद्यालय तह कक्षा १२ पछि एक वर्षसम्म नेपाल सरकारले रोक्न पाउँदैन।

नेपालको समकक्षता प्राप्त नगरेको शैक्षिक संस्थामा पढ्न गएको खण्डमा पनि स्वयं व्यक्ति नै जिम्मेवार हुनुपर्ने र त्यसमा सरकारको कुनै पनि दायित्व नहुने प्रस्ट व्यवस्था भए पनि सरकारले हठात् नो अब्जेक्सन लेटर दिन बन्द गरेको भन्दै सरोकारवालाहरूले रोष प्रकट गरेका छन्।

सरकारले बिनाकारण नो अब्जेक्सन लेटर दिने काम बन्द गरेको बताइएको छ।

सरकारको यो कदम सरासर गलत भएकोले चौतर्फी बिरोध भएको छ ।