लियो खस्यौली युथको अध्यक्षमा सापकोटा
बुटवल । लियो क्लब अफ बुटवल खस्यौली युथको बर्ष २०२०/०२१ को अध्यक्षमा लियो होमनाथ सापकोटा चयन भएका छन् । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको पालना गर्दै आइतबार अनलाइनबाट भएको बैठकबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा लियो रोशन रायमाझी, सचिवमा लियो दिपक खरेल तथा कोषाध्यक्षमा लियो किरण बस्याल निर्विरोध निर्वाचित भएका क्लबका निर्वाचन अधिकृत दिपेन्द्र भट्टराईले जानकारी दिए ।
हाल बिश्व भरी फैलिएको कोरोना भाईरसको कारणले गर्दा लक डाउनको नियम पालना गर्दै अनलाइनबाट अधिबेशन गरिएको र बाकी समिती कार्यकालको सुरुवातसंगै निर्वाचित गरिने क्लबका निवर्तमान अध्यक्ष लियो राजिवजंग कुवरले जानकारी दिए । लियो क्लब अफ खस्यौली युथले रुपन्देही तथा आसपासका ठाउँमा लामो समयदेखि सामाजिक सेवा गर्दै आइरहेको छ ।