प्रचण्डलाई युद्ध अपराधमा जेल हाल्ने बिष्टको चेतावनी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

प्रचण्डलाई युद्ध अपराधमा जेल हाल्ने बिष्टको चेतावनी



माओवादीका पूर्व ‘बाल लडाकु’ लनिन बिष्टले एमसीसी पास नगरे नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले युद्ध अपराधमा हेग लाने टिप्पणी गरेका छन् । उनले प्रचण्डले गम्भीर चुनोती झेल्नुपर्ने समेत बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् माओवादीका पूर्व ‘लडाकु’ बिष्टले युद्ध अपराधमा हेग लगिने र प्रचण्डलाई नेपाली जनता सामु बदनाम हुने बताए ।

माओवादी कार्यकर्ताले समेत प्रचण्डलाई छाड्ने उनको भनाई छ।

लेनिन बिष्टले फेसबुकमा लेखेका छन्ः पुर्व कामरेड प्रचण्ड पुकदालाई MCC पास नगरे जनयुद्धमा भएको युद्ध अपराधका अभियोगमा अन्तराष्ट्रिय अदालत ICC मार्फत अमेरिकाले हेग लाने पास गरे नेपाली जनताले राजनीति बाट घोक्रे ठ्याक लाउनेछन भने तमाम देश भक्त कार्यकर्ताले मरेको सिनोलाई उपियाले छोडे झै छोड्ने छन ।