आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफै निस्किए - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफै निस्किए



काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्किएका छन्। कोरोना भाइरस (कोभिड-१९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफैँ बजार अनुगमनमा निस्किएका हुन्।

अनुगमनका क्रममा मन्त्री भट्टले बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेको उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए।

“मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो अनि उहाँ आफैँ झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो”, उनले भने,“ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो। मन्त्रीलाई कसैले चिनेनन्।”

बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिएको उनका स्वकीय सचिव ओझाले बताए।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ।

अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन्। चाडपर्व नजिकिँदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ। रासस