लेखा ब्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

लेखा ब्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न



गोविन्द बीसी
बौनिया ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा लेखा तथा जिन्सी ब्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सामुदायिक बिद्यालयमा कार्यरत लेखापालहरुलाई लेखा तथा जिन्सी ब्यवस्थापन सम्बन्धि तालिम दिइएको हो ।

शिक्षा बिकास तथा समन्वय इकाई कैलालीको आयोजनामा तालिम सम्पन्न भएको बताइएको छ । तालिमको प्रशिक्षण साबिक जिल्ला शिक्षा कार्यालय कैलालीका लेखापाल लक्ष्मीराज जोशीले दिनुभएको थियो । तालिममा कैलालीको घोडाघोडी नगरपालिका, भजनीत्रिशक्ति नगरपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका अन्तर्गत ३६ माध्यमिक बिद्यालय रहेको भएपनि ३१ जना मावि लेखापालको सहभागिता रहेको थियो ।

तालिममा सरकारी श्रेस्ता प्रणाली अनुसार लेखापालनका आधारभूत सिद्धान्त र विभिन्न लेखा अभिलेखका बारेमा जानकारी दिइएको थियो । तालिम सहभागी लेखापालले विद्यालयमा काम गर्दा आइपरेका लेखा र प्रशासनिक समस्या र चुनौतीका बारेमा समेत आफ्ना जिज्ञासा राखेका थिए । सहभागीले १ दिने तालिमबाट प्रयाप्त ज्ञान हासिल गर्न नसकिने भन्दै आगामी दिन तालिमको अवधि बढाउन आग्रह समेत गरेका छन ।