स्वतन्त्र मधेशको नाममा देश द्रोही सिके र नेपाल सरकार बिच ११ बुँदे सहमति हुँदा काँग्रेस किन मौन ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्वतन्त्र मधेशको नाममा देश द्रोही सिके र नेपाल सरकार बिच ११ बुँदे सहमति हुँदा काँग्रेस किन मौन ?



कर्ण अधिकारी हाल मकाउ,चीन।

केही दिन अगाडी निकै ताम झामका साथ पृथकतावादी स्वतन्त्र मधेशको नारा लिएर विगत केही वर्ष देखि विद्रोह गर्दै आएका सिके राउतलाई जेलबाट छुटकारा दिएकै भोलि पल्ट नेपाल सरकारका सम्माननीय प्रम केपी ओली,नेकपाको अध्यक्ष कमरेड प्रचण्ड र सिके राउत बिच नेपाल सरकारको गृहमन्त्री राम बहादुर थापा बादल र सिके राउतले संयुक्त रूपमा हस्ताक्षर गर्दै ११ बुँदे सहमति भए सँगै नेपालको राजनैतिक माहौलमा सर्मी गर्मी ल्याई दिएको छ।यसरी ११ बुँदे सहमति हुनुलाई सरकार पक्षले राम्रो भने पनि नेपालका राजनैतिक विश्लेषकहरूले भने शङ्काको घेराले हेरेको छन्।

सिके राउतलाई राजनीतिक मूल धारमा ल्याउन सफल भएको भनी नेकपाले प्रचार प्रसार गरे पनि मधेशमा रहेको एउटा शक्तिलाई प्रसय दिएको प्रस्ट देखिन्छ।सरकार राष्ट्रिय अखण्डताको पक्षमा उभिनु पर्नेमा विखण्डनकारी सिकेको शरणमा पर्नुले यसलाई राम्रो सङ्केत मान्न सकिँदैन।आज यी कुराले स्वाभिमानी नेपालीहरूको ह्रदयमा चोट लगाउने कार्य भएको छ।प्रम ओलीको सरकारले गरेको यस सहमतिलाई कुनै पनि हालतमा राम्रो मान्न सकिँदैन।संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आई रहेका नेकपाका नेता कमरेड भीम रावलले ११ बुँदे सहमतिको खुलेर विरोध गरेका छन् भने काँग्रेस प्रतिपक्षमा रहेर पनि सिके राउत र ११ बुँदे सहमतिमा खुलेर विरोध गर्न नसक्नु दुर्भाग्य पूर्ण कुरा हो।सायद काँग्रेसलाई पनि भविष्यमा सिके राउतको फ्यानहरूबाट जनमत बटुल्नु छ की के हो ? संसद्मा आवाज उठाउने गगन थापा मात्रै हुन त ? यसरी मौन बस्दा समर्थन गरेको बुझिन्छ।

११ बुँदे सहमतिको बुँदा नं २ मा हामी आफ्ना राजनैतिक सामाजिक आर्थिक लगायत उदेश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौ।नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जन अभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौ भनिएको छ।अरू बुँदाहरूमा खासै असन्तुष्टि नरहे पनि यो बुँदा नं २ मा चाहिँ आम नेपाली जनता सशंकित भएका छन् कारण अभिमत भन्ने शब्दले ।११ बुँदे सहमति भएकै भोलि पल्ट मधेशमा सिके राउतको पक्षमा नारा जुलुस हुनुका साथै आफूले लड्दै आएको लडाईमा सफलता मिलेको र सरकारले समेत स्वतन्त्र मधेशको विषयमा सकारात्मक लिएको भन्दै टुइट सम्म गर्न भ्याएका छन्।अभिमत भनेकै जनमत सङ्ग्रह हो भन्न भ्याएका छन्।यता संसद् भवनमा भने गृहमन्त्री बादलेले सरकारको तर्फबाट सफाइ दिने प्रयास गरेका छन्।विदेशी हस्तक्षेप र विदेशी चलखेलका कारण रातारात तय गरिएको ११ बुँदे सहमतिले सम्माननीय प्रम केपी ओली फेरी पनि चुके भन्ने कुरा नेपालको राजनीति वृत्तमा सुनिन थालिएको छ।नेपालका अधिकांश नेताहरू भारत परस्त भएको अवस्थामा यो अवस्था सृजित हुनुमा पक्कै पनि भारतको हात रहेको कुरा नकार्न सकिँदैन।भारतीय बुद्धिजीवी एसडी मुनि भन्छन्, सरकार र सिके राउत सम्झौताले ‘स्वतन्त्र मधेस’ लाई मान्यता दियो।

सिके राउतका समर्थकहरूले ठुला ठुला अक्षरमा लेखिएको एसिया महादेशमा नयाँ थपिएको स्वतन्त्र देश मधेस भन्ने ब्यानर बोकेर नारा जुलुस गरी रहँदा नेपाल सरकारको तर्फबाट उल्टै सिके रावतलाई नेपाल सरकारको तर्फबाट अङ्गरक्षक समेत खटाएको छ।यसरी एउटा देश द्रोहीलाई अङ्गरक्षक नेपाल प्रहरीका प्र.ना.नि.( सइ )लाई नै खटाएर सुरक्षा दिनु दुर्भाग्य पूर्ण कुरा हो।प्रम केपीले सार्वजनिक स्थानमा चाँहेको खण्डमा सिके राउतलाई मन्त्रीमा समेत नियुक्त गराउन सकिने अभिव्यक्ति दिई सकेका छन् भने नेकपाकै भीम रावलले भने प्रम ओलीको काम कार्बाही प्रति असन्तुष्टि व्यक्त गरेका छन्।नेपाल सरकारले सिक्किमको इतिहास किन भुल्दै छ।लेण्डुपे सिकेलाई साथ दिनु पर्ने कारण के ? यस्ता देश द्रोहीलाई त फाँसीको सजाय हुनु पर्नेमा फुलमालाले सम्मान ! अनि टिकापुर हत्या काण्डका योजनाकार भनिएका रेसम चौधरीलाई आजीवन कारावासको सजाय तोकिएको छ।यो एउटा राजनैतिक नौटङ्की मात्रै हो।हत्यारा हो भन्ने थाहा हुँदा हुँदै चौधरीलाई प्रतिनिधि सभाको सांसदको टिकट किन दिइयो ? टिकट पाए सँगै बहुमतका साथ विजयी पनि भए कारागारबाट शपथ पनि खाए अब आजीवन कारावास पनि सुनाइयो अनि यसलाई नेपाली जनताले नाटक नभनेर के भन्ने।सबै नौटङ्की । रेसम चौधरी पनि एक दिन राष्ट्रपतिबाट असल चालचलन भएको भन्दै बालकृष्ण ढुङ्गेल झैँ आममाफी पाई छुट्ने छन्।

नेपाल सरकार सिके राउतको विषयमा अझै गम्भीर भएन भने देश गम्भीर दुर्घटनामा फस्ने छ।नेपाल सरकारले लागु गर्न लागेको नागरिकता विधेयकले पनि सिके राउतको एजेण्डामा अझै टेवा पुग्ने छ।नेपाल आमा र नेपाल धर्तीलाई थुक्दै तथानाम गाली गर्ने देश द्रोहीलाई सम्मान गरी फुल माला र खाँदा लगाउन पछि परेन नेपाल सरकार ।अझै बिग्री सकेको केही छैन यो देश द्रोहीलाई सक्छौ भने जेलमा कोच।यसलाई फुलवालाले होइन कालो मोसो र जुत्ताको माला लगाएर देश परिक्रमा गराऊ।देशलाई विखण्डनबाट बचाउने जिम्मा सरकार र आम नेपाली नागरिकको हो।सार्वभौम सम्पन्न राष्ट्र नेपाल विश्वमै एक अभूतपूर्व इतिहास बोकेको राष्ट्र हो । न त हिजो कुनै देशको उपनिवेश बन्यो न त भोलि नै बन्ने छ।त्यसैले आफूले आफैलाई गर्व गर्नु होस सार्वभौम राष्ट्रको जनता हुन पाएकोमा।देश द्रोही र विखण्डनकारीहरूको विरुद्धमा आवाज उठाउनु तपाईँ हामी सबैको दायित्व हो ।