विन्ध्यवासिनी म्युजिककी सीईओ लीना रेग्मी पक्राउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

विन्ध्यवासिनी म्युजिककी सीईओ लीना रेग्मी पक्राउ



काठमाडौं- विन्ध्यवासिनी म्युजिक कम्पनीकी सीईओ लीना शर्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले सोमबार साँझ उनलाई पक्राउ गरेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार प्रतिलिपि अधिकार हनन् गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ । प्रतिलिपि अधिकार हनन गरेको आरोपमा नेपालमा आरोपी पक्राउ गरेको यो पहिलो घटना हो ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले बिना अनुमति गायक प्रमोद खरेलले आफूले तयार पारेको गीत–संगीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको भन्दै क्षतिपुर्तिको माग गरी उजुरी दिएपछि सुरू भएको दुई पक्षको विवादले उग्र रुप लिएको थियो।