११० औं लक्ष्मी जयन्तीको अवसरमा पुनर्वासमा सन्देश मुलक क्यारिकेचर प्रतियोगिता - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

११० औं लक्ष्मी जयन्तीको अवसरमा पुनर्वासमा सन्देश मुलक क्यारिकेचर प्रतियोगिता



हरिलाल जोशी / पुर्नवास ।

११० औं लक्ष्मी जयन्तीको उपलक्ष्यमा पुनर्वास नगरपालिका अन्तर्गतका विद्यार्थीहरुद्वारा सन्देश मुलक प्रहसन तथा क्यारिकेचर प्रतियोगिता पुनर्वास-६ को खुल्ला मञ्चमा शुक्रबार सप्पन्न भएको छ ।

बालबिकास मञ्च पुनर्वास-६, कंचनपुरले आयोजना गरेको कार्यक्रममा देशको वर्तमान अवस्थामा भएका हत्या ,हिंसा ,बलात्कार जस्ता अपराधीक गतिविधि लाई सरकारले चासो नदेखाएको विषयलाई क्यारिकेचर र गित मार्फत उपस्थित विभिन्न बिधालयका बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पुनर्वासका ६ ओटा बिधालयहरुले आ-आफ्नो प्रतियोगिता प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी ६ बिधालयहरु मध्ये प्रथम स्थान बागिश्वरी माध्यमिक बिधालय द्वितीय स्थान खप्तड ईङ्लिश बोर्डिङ स्कुल र तृतीय स्थान शिदार्थ पब्लिक स्कुलले प्राप्त गरेको थियो भने अन्य तीन बिधालयले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

सभाध्यक्षको आसनबाट बोल्दै रामचन्द्र नेपालले बिद्यार्थीहरुलाई पढ्न्ते ज्ञानहरु मात्रै नभई क्यारिकेचर जस्ता समाज परिवर्तन गर्ने खालका नाटकीय तवरको ज्ञानलाई बढाउदै लैजाने र आउँदा दिनहरूमा बाल महोत्सबको आयोजनाका लागि शिक्षकहरू संग समन्वय गर्ने बताए ।

राष्ट्रिय सभा सदस्य माननीय ईन्दु कडरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथी पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्ट धामी रहेकी थिईन भने उपस्थित विभिन्न वक्ताहरु अतिथि दिर्घामा आसिन रहेका थिए भने कार्यक्रमको संचालन बाल बिकास मञ्चका सचीव महेन्द्र बस्नेतले गरेका थिए ।