लक्ष्मी ग्रामिण विद्युत सहकारि संस्थाको पदस्थापन कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

लक्ष्मी ग्रामिण विद्युत सहकारि संस्थाको पदस्थापन कार्यक्रम सम्पन्न



राजेन्द्र रावल / बाैनियाँ, कैलाली ।

श्री लक्ष्मी ग्रामिण विद्युत सहकारि संस्था लिमिटेड लम्किचुहा नगरपालिका -१० चुहाकाे चाैथाे पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष छत्र बहादुर बमकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमसख अतिथि वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरिया रहेका थिए । साे अवसरमा मनकामना ग्रामिण विद्युत सहकारि संस्थाका उपाध्यक्ष भरत कुवर,निर्वाचन कमिटिका संयाेजक जनक बिष्ट,नव निर्वाचित सचिव बासुदेव तिमिल्सेना लगायतकाले शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

साे अवसरमा नव निर्वाचित अध्यक्ष नेत्र बहादुर देउवा,उपाध्यक्ष वैजनाथ चाैधरि,सचिव बासुदेव तिमिल्सेना,काेषाध्यक्ष हरिनारायण चाैधरि र सदस्यहरु भानुभत्त उपाध्याय,फुलकुमारि चाैधरि,कटक सुनार,जानकि थारु र धर्मे बुढा जैशि लाई प्रमुख अतिथिले प्रमाणपत्र र निर्वाचन कमिटिका संयाेजकले पद तथा गाेपनियताकाे सपत ग्रहण गराएका थिए । ए

यस्तै संस्थाले जनक बिष्टको संयाेजकत्वमा ३ सदस्यीय लेखा समिति र ५ सदस्यीय सल्लाहकार कमिटि समेत गठन गरिएकाे जानकारि गराईएकाे थियाे । कार्यक्रमकाे सञ्चालन कार्यलय सहायक बिरेन्द्र बिष्टले गर्नु भएको थियाे ।