सरकार लाटोबुंगोको अवतार जस्तै भएको डा. भट्टराईको आरोप - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सरकार लाटोबुंगोको अवतार जस्तै भएको डा. भट्टराईको आरोप



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सरकार लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन्।

आजको मन्त्रिपरिषद् बैठकले गरेको एउटा निर्णय र गर्न नसकेको अर्को निर्णयलाई लिएर उनले यस्तो आरोप लगाएका हुन्।

सामाजिक संजालमा लेख्दै डा भट्टराईले जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका काम चै गरेको भन्दै यस्तो आरोप लगाएका हुन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङका पक्षमा व्यापक सार्वजनिक दबाब भए पनि नगरेको तर प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई चाँहि राष्ट्रिय सभामा लैजाने निर्णय गरेको भन्दै कटाक्षेप गरेका हुन्।

‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो! ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ,’ उनले ट्विटमा लेखेका छन्, ‘तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ! सेम!’