लथालिंग बन्यो नेकपा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

लथालिंग बन्यो नेकपा



काठमाडौं– सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो ।

भातृ संगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा पार्टी चलायमान हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग हुने केन्द्रीय नेताहरु बताउँछन् ।

पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी अधिवेशन लक्षित स्वार्थ हाबी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो । उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीभित्र संसदमा सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला नेताहरु कलहमै व्यस्त छन् ।
अन्नपूर्ण पोस्टबाट