श्रीलंकामा हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म लोडसेडिङ् - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

श्रीलंकामा हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म लोडसेडिङ्



कोलम्बो- आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ।

सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।

अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ। रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ।

यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन्।

श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ।

वस्तु तथा सेवाको अभाव र मूल्य बृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक संकट पनि उत्पन्न भएको छ। अभाव, मूल्य बृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालिन सबै मन्त्रीहरुले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ।

आर्थिक संकटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य मन्त्रालयले कतिपय औषधीहरुको समेत अभाव भएको जनाएको छ।