लाइसेन्स परिक्षा र वितरण लामो समयका लागि बन्द - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

लाइसेन्स परिक्षा र वितरण लामो समयका लागि बन्द



काठमाडौं-सवारी चालक अनुमतिपत्र वितरण र परिक्षा लामो समय बन्द हुने भएको छ । सरकारले लाइसेन्सको परिक्षा दँशैपछि मात्र सञ्चालन गर्ने भएपछि लामो समय बन्द हुने भएको हो ।

यातायात व्यवस्था विभागले कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थिती देखाउंदै तत्काल लाइसेन्सको ट्रायल खोल्न नसकिने र वितरण समेत गर्न नसकिने बताएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यातायात कार्यालय यतिबेला सवारी दर्ता र नवीकरण लगायतका अरु नै कामले व्यस्त हुँदा पनि ट्रायल खोल्न सक्ने अवस्था नभएको हो। यातायात कार्यालयहरु सीमित संख्यामा हुनु र त्यसमा पनि कर्मचारी पर्याप्त नहुँदा सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ।

सेवाग्राहीले घण्टौं सम्मको लाइन बस्नुपर्ने बाध्यता छ। उपत्यकाका ठूलो भर्‍याङ,सुकेधारा, जगाति र एकान्तकुनामा लगायतमा लकडाउन खुकुलो भएदेखि थामिनसक्नु भीड हुने गरेको छ।

लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक ६ देखि ७ हजार जनाले ट्रायल दिने गरेका थिए । दैनिक ट्रायल पास र नवीकरण गरि लाइसेन्सको माग दैनिक ५ हजार हाराहारी छ। कोरोना फैलनबाट रोक्न लकडाउन गरिएका कारण करिब चार महिनादेखि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ।

यातायात कार्यालयहरुले लाइसेन्स वितरण समेत बन्द गर्न थालेका छन्। साना तथा ठूला सवारी कार्यालय एकान्तकुनाले सूचना नै निकालेर लाइसेन्स वितरण बन्द गरेको छ। अधिकांश कार्यालयहरुले वितरण बन्द गर्न थालेको हमालले बताए।

सेवाग्राहीको भीड लाग्ने गरेका कारण कोरोना संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरेर बन्द गर्न थालिएको हो। सामाजिक दुरी कायम गराउन नसकिएपछि वितरण बन्द गर्न थालिएको हमालको भनाइ छ।