सुरक्षा प्रमुखसँगको छलफलपछि राष्ट्रपति र प्रधानमन्त्रीको लामो भेटवार्ता - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सुरक्षा प्रमुखसँगको छलफलपछि राष्ट्रपति र प्रधानमन्त्रीको लामो भेटवार्ता



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शुक्रबार बेलुकी राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा पुगेका थिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब दुई घन्टा वार्ता भएको थियो । शुक्रबार बेलुका ७:३० बजे शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:३० मा बाहिरिएको स्रोतले बताएको छ ।

पछील्लो राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिबारे छलफल गर्न ओली त्यहाँ पुगेको बुझिएको छ । शुक्रबार दिउसो राष्ट्रपति भण्डारीले गृहमन्त्री, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरू र अनुसन्धानका प्रमुखलाई बोलाएर लामो छलफल गरेकी थिइन् ।

सर्वोच्च अदालतले पछिल्लो समय सरकारका निर्णयहरू एकपछि अर्को गर्दै रोकिरहेको छ । संसद विघटनको मुद्दामा सर्वोच्चले मागेको जवाफ प्रधानमन्त्री र राष्ट्रपतिले बुझाई सकेका छन् ।