लम्कीकी वृद्ध महिला कर्णाली नदीमा मृत फेला - Himal Post Himal Post
  • १० बैशाख २०८२, बुधबार
  •      Wed Apr 23 2025
Logo

लम्कीकी वृद्ध महिला कर्णाली नदीमा मृत फेला



हिजोबाट बेपत्ता भएकी लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ७५ वर्षीय सुनकला बडूवाल आज मृत अवस्थामा फेला परेकी छन् ।

हिजो साझा घरमा सामान्य विवाद पछि मर्छु भनी निस्केकी बडूवाल कर्णाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी हुन ।

उनको शव पोस्टमार्टमका लागी टिकापुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र खत्रीले जानकारी दिनुभएको छ ।