लम्किचुहा नगरपालिकामा अख्तियारको छापा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

लम्किचुहा नगरपालिकामा अख्तियारको छापा



कैलाली – कैलालीको लम्किचुहा नगरपालिकाको कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाले पुरानो मिति हालेर चेक काटिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले छापा मारेर कागजात जफत गरेको हो ।

आवश्यक कागजात नियन्त्रणमा लिए सँगै अख्तियारद्वारा छानबिनको प्रक्रिया सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिष जोशीले जानकारी दिए ।