लम्की जेसिजको १८ औं पद स्थापना कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

लम्की जेसिजको १८ औं पद स्थापना कार्यक्रम सम्पन्न



लिला जंग शाही ठकुरि

लम्की ,कैलाली ।। कैलालीको लम्किमा , लम्की जेसीज को १८ औं पद स्थापना र लम्की लेडि जेसीज को चौधौं पद स्थापना कार्य बुधबार संयुक्त रुपमा सम्पन्न भएको छ।

लम्की जेसीज २०१७ का उपाध्यक्ष जेसी लीला प्रजापतीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जेसीज आस्था पाठ लम्की लेडि जेसिज २०१७ कि महासचिव जेसी इशरा थापाले गर्नुभएको थियो ।

कार्यक्रका प्रमुख अतिथी मेयर महादेव बजगाइ , बौनिया जेसिज संस्थापक अध्यक्ष लिला जंग शाही , लम्की जेसिज नि-बर्तमान अध्यक्ष जुगराम चौधरी , लम्की लेडि जेसिज नि-बर्तमान अध्यक्ष कल्पना गिरि ,वडा अध्यक्ष जनक बम ,नेत्र मगर , फुलबारी जेसीज २०१८ का अध्यक्ष जेसी बिर सिंह महरा ,जोशिपुर जेसीज २०१७ का अध्यक्ष जेसी बिष्णु गौतम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन महासचिव जेसी युबराज न्यौपाने ले गर्नु भएको थियो ।