लम्की जेसिसद्बारा वक्तृत्वकला प्रतियोगिता - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

लम्की जेसिसद्बारा वक्तृत्वकला प्रतियोगिता



रमित पाण्डेय / लम्की ।

कैलालीको लम्कीमा रहेको लम्की जेसिसले बर्ष २०१८ को जेसिस सप्ताह कार्यक्रम अन्तर्गत “महिला हिंसा न्यूनीकरणमा युवा विद्यार्थीको भुमिका” भन्ने बिषयमा माबी स्तरीय वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न गरेको छ ।

लम्की जेसिस बर्ष २०१८ का सचीव बिरेन्द्र शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा लम्किचुहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लाल बहादुर बोगटी रहनु भएको थियो ।

कार्यक्रममा यस क्षेत्रका १४ बिद्यालयको १४ जना बिद्यार्थीहरुको सहभागी भएका थिए । वक्तृत्वकला प्रतियोगिता स्वयम्भूनाथ बाल विद्या मन्दिर बघौरा कि छात्रा रेखा खड्का पहिलो , कैलाली पब्लिक गणेशपुरका छात्र हरि बजगाइ दोस्रो र बाल कल्याणका छात्र रोहन तिमिल्सेना तेस्रो भएका थिए । कार्यक्रमको संचालन लम्की जेसिस २०१८ का महासचिव ललित देउवाले गर्नु भएको थियो ।

क्याम्ब्रिज इ. बो. स्कुलमा नृत्य प्रतियोगिता

कैलालीको बलियामा रहेको क्याम्ब्रिज इ. बो. स्कुलमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बिद्यालयका शिक्षक चक्र उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा प्रीन्सीपल मोहोन ढुङ्गाना रहनु भएको थियो । विशिष्ट अतिथी भाइस प्रीन्सिपल सृजना बोहोरा रहनु भएको थियो ।

कार्यक्रममा कक्षा ९ कि छात्रा सपना धमला प्रथम, कक्षा १० कि छात्रा रुपा बिष्ट दोस्रो र कक्षा ९ कि छात्रा बिनिता बजगाइ , इन्दुका चौधरी तृतीय र कक्षा १० का इन्द्र देउबा, कक्षा ५ कि किरण भन्डारीका तथा कक्षा ६ कि गितिका सोनाम सान्त्वना भएका छन । निर्णायक मण्डलको भुमिकामा शिक्षक लोकेन्द्र खड्का,शोभा खड्का,मनिषा जैशीले निर्भाह गर्नु भएको थियो । कार्यक्रम संचालन शिक्षक नव राज भट्टले गर्नु भएको थियो ।