लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिको एक बर्ष पुरा, के -के भए त कार्यक्रम तथा योजनाहरु ? (बुदा सहित) - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिको एक बर्ष पुरा, के -के भए त कार्यक्रम तथा योजनाहरु ? (बुदा सहित)



मंगल बास्कोटे / लम्की,कैैैलाली ।

लम्कीचुहा नगरपालिकामा स्थानीय तहको निर्वाचन पश्चात जनताको नाममा शपथ ग्रहण गरेको आज ठिक एक बर्ष पुरा भएको छ । ठिक एक वर्षे यात्राको स्वर्णिम अवसरमा आज नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न पश्चात पत्रकार सम्मेलनमा आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख महादेब बजगाईले भन्नुभयो , ” संघियता कार्यान्वयनको अभियान सङ्गै स्थानीय तहको निर्वाचन भई स्थानीय सरकार गठन एवं सञ्चालन भईरहदा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरेको पुनित अवसर स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधीहरुले जनताका नाममा सपथ प्रतिवद्धता प्रकट गरेको दिनको शुभअवसरलाई हृदय देखि मनन गरी नगरवासी जनतालाई विशेष सम्मानका साथ एक पटक स्मरण गर्न चाहान्छु ।

लम्कीचुहा नगरपालिकाको नगर प्रमुखको हैसियतमा गत अषाढ १४ गते स्थानीय तहको निर्वाचनमा निर्वा्चित भई जनताको नाममा शपथ खाएको ऐतिहासिक महत्वपूर्ण स्वर्णीम क्षण अषाढ २८ गतेको दिनलाई सम्झिन चाहान्छु । लम्कीचुहा नगरपालिकाको सुन्दर भविष्यलाई आत्मसाथ गरी दिगो विकासको लक्ष्यलाई सार्थक तुल्याउन अनेकतामा एकताको सुत्रमा गोलबन्ध भई हामी सबै एक हौ भन्ने भावनाबाट ओतप्रोत भएर निर्वा्चित भई शपथ खाएको दिन देखि आजसम्मको ठिक एक वर्षे यात्रालाई अठोटका साथ अतुलनिय रुपमा सहयोग पुर्याउनु हुने मेरा सहकर्मी,सहयोद्धा जनप्रतिनिधि ज्युहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यसका साथ साथै लम्कीचुहा नगरपालिकालाई नमुना नगरपालिका बनाउन बिना स्वार्थ जनताको मतको कदर गर्दै आफ्नो राजनितिक जीवनको यात्रामा सम्पूर्ण नगरबासी जनताको हित, कल्याण र नगरको विकासका लागि जस्तो सुकै परिस्थितीमा पनि अगाडी बढ्ने मेरो अठोट कदमलाई सदैब निरन्तर साथ सहयोग र समर्थन गर्ने नगरबासी जनता र सकारात्मक रुपमा कलम चलाई परिवर्तनको पक्षमा आवाज बुलन्दित गर्नु हुने संचारकर्मी मित्रहरुलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यसका साथ साथै निर्वाचनमा चुनाव जित्नु मात्र दुनियाको नौलो विषय होईन, चुनाव जिति सके पश्चात जनताको मतको कदर गरी दुरदृष्टिका साथ विकास निर्माणमा जनताको सेवा गर्नु सबै भन्दा ठुलो कुरा हो । म निर्वा्चित भई जनताको नाममा गरेका बचनबद्धताहरुलाई विकास निर्माणको गतिलाई सहजताका साथ सम्पन्न गर्न नगरबासी जनताले जुन ढंगले सहयोग गर्नु भएको छ, यो ऐतिहासिक समय र कालखण्डलाई जिवन्त स्मरण गरिरहने छु । जनताको सहयोग र समर्थन बिना परिवर्तन तथा विकास असम्भव हुने भएकाले जनताप्रतिको सद्भाव नगरपालिकामा पदबहाल रहुञ्जेल सम्म सदैब शिरोधार्य राख्ने छु ।

ऐतिहासिक स्थानिय तहको निर्वाचन प्रक्रियाद्वारा निर्वा्चित भई नगरकोे विकास र समृद्धिका लागि निर्वा्चित भएको एक वर्ष पुरा हुदै गर्दा नगरवासीले दिएको अगाध मायाँ र ममताबाट प्रेरित भई मैले नगरको समग्र विकास निर्माणलाई एकिकृत रुपमा अगाडी बढाउने अठोट गरीरहदा नगर विकासका पूर्वाधार विकास योजनाहरु दुरदृष्टिका साथ अगाडी बढाउने प्रयत्न रहेको बताउनु भयो । साथै पत्रकार सम्भेलनमा एक वर्षे यात्रामा लम्कीचुहा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रम तथा योजनाहरुको समिष्टिगत झलक बुदागतरुपमा प्रस्तुत गर्नु भएको थियो ।

एक वर्षे यात्रामा लम्कीचुहा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रम तथा योजनाहरुको समिष्टिगत बुदाहरु –

१. लम्कीचुहा नगरपालिका क्षेत्रभित्र रहेका करिब १४०० सामुदायिक छाडा गाईगोरु व्यवस्थापन गरी सुन्दर नगर निर्माणको अभियान संचालन गरियो ।
२. लम्कीचुहा नगरपालिकाको वडा नं. १ देखी १० सम्मका करिब २६५ कि.मी. सडक ३० फिट चौडा बनाई उच्च स्तरको बाटो निर्माण तथा ग्राभेल कार्य सम्पन्न गरियो ।
३. लम्कीचुहा नगरपालिका क्षेत्रभित्र करिब २८०० गाईगोरुहरुको पशु बिमा कार्य सम्पन्न गरी किसान राहत कार्यक्रम संचालन गरेको ।
४. लम्कीचुहा नगरपालिकालाई स्वच्छ, सुन्दर र सफा बनाउन खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल ।
५. टोल–टोलमा महिला स्वास्थ्य स्वय्म सेविका – घर घरमा परामर्श कार्यक्रम संचालनका लागि महिला स्वास्थ्य स्वय्म सेविका मासिक १०००।– रुपैया प्रोत्साहन भक्ताको शुरुवात गरेकोे ।
६. लम्कचिुहा नगरपालिकाको कर्णाली चिसापानी देखी चुहा सिमा क्षेत्रसम्म अतिक्रमित सडक लाई खाली गर्न लगाई राजमार्गलाई व्यवस्थित र फराकिलो बनाउने अभियानको थालनी ।
७. नगर शिक्षा ऐन, निमावलि तथा शिक्षा नीति निर्माण गरी गुणस्तरिय शिक्षामा जोड ।
८. एक घर दुई रुखको नीती लागु गरी प्रत्येक सडकमा वृक्षारोपण गरी सडकलाई हरितमार्गको रुपमा विकास गर्ने कार्यको थालनी भएको ।
९. लम्कीचुहा नगरपालिकालाई सुन्दर शहरको रुपमा विकास गर्न फोहोरलाई मोहर बनाई सो व्यवस्थापनका लागि डम्पिंग साइड निर्माण गरेको ।
१०. पर्यटनको विकासका लागि नेपालकै नमुना नगर उद्यान (पार्क) निर्माण कार्यको शुरुवात गरेको ।
११. लम्कीचुहा नगरपालिका को वडा नंं ३ बल्चौरमा अवस्थित कैलाशधाम तिर्थ स्थललाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न अष्टोत्तर सत महालक्ष्मी मन्दिर निर्माण कार्यको शुरुवात ।
१२ लम्कीचुहा नगरपालिका को वडा नंं ३ बल्चौर मुक्तकमैया शिविरमा आन्तरिक तथा बाह्रय पर्यटनको आगमनका लागि बसेरा थारु होम स्टे निर्माण गरियोे ।
१३. लम्कीचुहा नगरपालिका वडा नंं १ मा रहेको चन्द्रमौलेश्वर धार्मिक मन्दिरलाई गुरुकुल शिक्षाको रुपमा विकास गर्न सत्संग हल निर्माण ।
१४. लम्कीचुहा नगरपालिका वडा नंं ४ मा भल्कामा बहुउदेश्यिय सिटी हल निर्माणका लागि जग्गा हस्तान्तरण देखि लिएर आवशयक बजेटको व्यवस्था गरी निर्माण कार्यको शुरुवात गरेको ।
१५. डुडेझारी औद्योगिक क्षेत्र निर्माणका लागि सरोकारवाला विषय विज्ञहरुसंग पटक–पटक अन्र्तक्रिया कार्यक्रमहरु संचालन ।
१६. लम्कीचुहामा नगरपालिका क्षेत्रभित्रका विभिन्न नदिहरुबाट अवैध रुपमा अन्य प्रदेशमा निकासी हुने ढुंगा बालुवा र गिट्टी जानबाट रोक लगाउने निर्णय ।
१६. लम्कीचुहा नगरपालिकाको विशेष पहल कदमीमा नगर क्षेत्रभित्रका नदि खोलाको जोखिम नियन्त्रणका लागि १२ कि.मी. नदिको दिगो तथा बैज्ञानिक तटबन्धन गरी हरितमार्ग निर्माण कार्यको शुरुवात ।
१७. स्वास्थ्य नै धन हो भन्ने नारालाई आत्मसाथ गरी अनिवार्य स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको।
१८. जनता संग नगर प्रमुख कार्यक्रम संचालन गरी शुसासन तथा पारदशिृताका लागि नगरपालिका सबै गतिविधिहरु रेडियो पत्रपत्रिका मार्फत जानकारी गराउने गरेको
१९. किसानहरुलाई कृषि तर्फ आर्कषण गराउन कृषिलाई पेशामुखी बनाउन कृषि तथा पशु कार्यक्रम विशेष अनुदानका साथ लागु गरियो ।
२०. अपांगता तथा जेष्ठ नागरिकहरका लागि विशेष स्वास्थ्य शिविर तथा परिचयपत्र वितरण कार्यक्रम संचालन गरियो ।
२१. ऑखा रोगी तथा सिकेलसेल एनिमिया सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरियो ।
२२. चिसापानीमा बर्थिङ सेन्टर स्थापना गरियो ।
२३. चुहामा प्रस्तुति गृह निर्माण गरियो ।
२४. पशु शिविर संचालन गरी पशु अनुदान कार्यक्रम संचालन गरियो ।
२५. प्रत्ये्क वडामा कल्भर्ट, हयुमपाइप तथा सोलोपहरु निर्माण कार्य गरिएको ।
२६. लक्षित वर्गका कार्यक्रमहरु संचालन गरिएको जसमा टेलरिङ्ग, जुत्ता सिलाउने, पञ्चेबाजा जस्ता सीपमुलक तालीम समेत सञ्चालन गरिएका ।
२७ लम्कीचुहा नगरपालिकाको अति जोखिम स्थानको व्यवस्थापन गर्न विशेष पहल गरी न्युनिकरण गरियो ।
२८. सिचाई अन्र्तगत ९६ वटा बोरिङ्ग पम्प सेट निर्माणका लागि किसान अनुदानका कायक्र्रम सम्पन्न भएको ।
२९. सडक फराकिलो बनाउंदा जोखिममा परेका ९०२ वटा विद्युतका पोलहरु सार्ने तथा त्यसको जोखिम व्यवस्थापनको कार्य भएको ।
३०. स्वच्छ नगर हाम्रो रहर भन्ने मुल नाराका साथ लम्की नगरपालिकाको फोहोर व्यवस्थापनका लागि मुख्य मुख्य बजार क्षेत्रहरुमा करिव ४०५ स्टेन सहितको डस्टिविनको व्यवस्थापन गरिएको ।
३१. नगर क्षेत्रभित्र हुन सक्ने प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापनका लागि विपत व्यवस्थापन इकाई गठन गरी विपत व्यवस्थापनका लागि आवश्यक सामग्रीको समेत व्यवस्थापन गरिएको ।
३२. कृषि कार्यक्रम तर्फ विभिन्न वडाहरुमा माटो शिविर सञ्चालन गरी माटो परिक्षण समेत गरिएको ।
३३. सडक फराकिलो तथा सडकको स्तरोउन्नतीको कार्य सम्पन्न भईरहंदा सडकमा आवश्यक पर्ने कल्भर्ट तथा ह्ुयमपाइपको व्यवस्थापनको कार्य भएको जसमा ४२ वटा कल्भर्ट तथा स्लापको निर्माण समेत भईसकेको ।
३४. बर्षातको समयमा नगरका विभिन्न स्थानहरुमा झरीको पानीले डुवान हुने गरेकोमा पानी निकासाको लागि ढलको निर्माण गरी पानीको निकासी गर्ने कार्य समेत भएको ।
३५. चालु आ.व.को स्वीकृत बजेट तथा कार्यक्रमको भौतिक तथा वित्तिय प्रगति करिव शत प्रतिशत भएको छ ।

लम्कीचुहा नगरबासी जनताले ठुलो आशा र भरोसाको केन्द्रमा राखी म लगायत सम्पुर्ण जनप्रतिनिधीहरुलाई नगरको विकास, सम्मृद्धि, प्रगति र उन्नति गर्नका लागि जुन ठुलो विश्वासले निर्वा्चित गराउनु भएको थियो । त्यो आम नगरवासीको भरोसा, विश्वास प्रति सदैव चनाखो भई नगर क्षेत्रको विकासमा अर्जुनदृष्टि राखि सदैव अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सपथ खाई एक वर्षे यात्रा पुरा भएको यो स्वर्णिम अवसरमा सामाजिक परिवर्तन र विकास निर्माणका लागि सकारात्मक रुपले प्रत्यक्ष परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्ण नगरवासी जनता प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद प्रकट गर्नुका साथै आगामी दिनमा समेत सकारात्मक सल्लाह सुझाव र सहयोगको अपेक्षा समेत गरेको बताउनु भयो ।