लम्की चुहा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न
रमित पाण्डे / लम्की,कैलाली ।
आर्थिक बर्ष २०७५/७६ का निति तथा कार्यक्रमहरु पारित गर्दै कैलालीको लम्की चुहा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न भएको छ । असार १० गते निति तथा कार्यक्रमहरु सार्वजनिक गरिएका थिए । ति निति तथा कार्यक्रहरु आज पारित गरिएको छ ।
शिक्षा , स्वास्थ्य , सडक र पर्यटन लम्कीचुहाको पुर्वाधार सामुहिक तथा व्यवसायिक कृषी समृद्धिको आधार भन्ने नाराका साथ आज सम्पन्न तेस्रो नगरसभामा लम्कीचुहा नगरपालीकाले कृषी क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ । निती तथा कार्यक्रममा कृषी विकास कार्यक्रम , पशु विकास , सहकारी तथा गरिबी निवाकरण , पर्यटन विकास , उद्योग वाणिज्य विकास , शिक्षा , खेलकुद , स्वास्थ्य , संस्कृती , लैंिगक समानता तथा सामाजिक समावेशीकरण , खानेपानी , विभिन्न भौतिक पुर्वाधारहरु , वातावरण तथा विपद व्यावस्थापन , संस्थागत विकास सुशासन लगायतका क्षेत्रहरु समेटिएको छ ।
कृषि र पशुपालनको लागी पकेट क्षेत्र निर्धारण गरि साझेदारी कार्यक्रम संचालन गरिने साथै कृषक परिचयपत्र बितरण गरी अभिलेखलाई ब्यबस्थीत गरिने निती प्रस्तुत गरिएको छ । नगरपालीका क्षेत्र भित्रका सम्भाब्य प्राकृतिक श्रोत र साधन,धार्मिक,पर्यटकिय स्थलको पहिचान गरी त्यसको अभिलेख राख्ने निती प्रस्तुत गरिएको छ । मुक्त कमैया, दलित, आदिबासी जनजाती, भुमिहिन,बादी समुदाय, एचआईभी संक्रमित, बिपन्न परिवारका सदस्यलाई रोजगार तथा अन्य आय आर्जनका कार्यक्रम, लैङ्गिक हिंसा, लैङ्गिक बिभिेद, छाउपडी बोक्सी, छुवाछुत जस्ता कुप्रथाको अन्त्य र मानब बेचबिखन तथा ओसारपोसारका बिरुद्ध सामाजिक जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने नीति प्रस्तुत भएको छ ।
सीमान्तकृत, बञ्चितिकरणमा परेका, फरक क्षेमता भएका, जेष्ठ नागरिक, महिला, बालबालिका, एकल महिलाहरुको आर्थिक सामाजिक बिकास गर्दै सम्मानपुर्ण जीवनयापन गर्नपाउने वातावरण सिर्जना गर्ने लगायतका नीति तथा कार्यक्रमहरुलाई नगर सभामा पारित गरिएको छ ।
लम्की चुहा नगरपालिका वडा नं.१ भुरुवा रहेको कबड हलको अचित मर्मत सम्भार गरि सञ्चालनमा ल्याउनु पर्ने,वडा नं.१मा रहेको रिठाई तालको पहिचान गरि यस को पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्नु पर्ने,लम्की क्षेत्रमा सञ्चालित उद्योगहरु संग बाताबरणीय कर लगाउनु पर्ने लगाएतका निति तथा कार्यक्रमहरु समाबेस गरिनु पर्ने वडा नं.१ का वडा अध्यक्ष जनक बहादुर बलमे आग्रह गर्नु भएको थियो । वडामा छुटेका योजनाहरुलाई क्रमश समेट्दै लैजाने नगरप्रमुख महादेब बजगाईले प्रतिबद्धता जनाउनु भएको थियो ।