सन्दीपको खराब प्रदर्शन - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सन्दीपको खराब प्रदर्शन



मन्ट्रियल टाइगर्सको तर्फबाट क्यानडाको घरेलु लिग खेलिरहेका सन्दीप लामिछानेले खेलेको पहिलो खेलमा सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । सन्दीपले ४ ओभर बलिङ गरेका थिए जसमा मात्र १ विकेट लिंदै ५७ रन दिएका छन् । उनको टोली २ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै मन्ट्रियल टाइगर्सले निधारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । ११ औं नम्बरमा ब्याटिङ गरेका सन्दीपले १ बलमा १ रन बनाउँदै नटआउट रहेका थिए । मन्ट्रियल टाइगर्सका लागि सिकन्दर राजाले ४८ र सुनिल नारिनले २८ रन बनाएका थिए ।

आईपीएलमा शानदार प्रदर्शन गरेका सन्दीप दोश्रो इनिङको चौथो ओभरमा बलिङ गर्न आउन साथ पहिलो बलनै नो बल फालेका थिए । पहिलो ओभरमा उनले २१ रन दिए । १० औं ओभरमा पुनः बलिङ गर्न आएका उनले १० रन दिएका थिए । बलिङ राम्रै गरेपनि यो खेलमा नो–बल र वाइड बढि फालेका थिए ।

पहिलो २ ओभरमा आफूले गरेको गल्ती सुधार्न इनिङको १३ औं ओभरमा फेरि बलिङ गर्न आएका सन्दीपलाई ब्याटसम्यानले निशाना बनाइ उक्त ओभरमा २५ रन निकालेका थिए । उनको त्यस ओभरको बलिङमा २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

तीन ओभर सन्दपिले बलिङ गर्दा उनको बलमा विपक्षीले ५६ गरिसकेका थिए । त्यस्तो अवस्थामा पनि कप्तान लासिथ मालिङकाले उनको क्षमतामा विश्वास गर्दै चौथो ओभर बलिङ गर्न जिम्मेवारी दिएका थिए । इनिङको १९ औं ओभर बलिङ गरेका उनले १ रन मात्र दिइ १ विकेट लिई ओभर सक्काएका थिए ।

खेल विपक्षीको पकडमा गैसकेको कारण सन्दीपको उक्त ओभरले मन्ट्रियल टाइगर्सलाई जित दिलाउन सकेन जसकारण टोलीले लगातार दोश्रो हार व्यहोर्नु पर्यो ।

क्यानडा ढिलो पुगेका कारण सन्दीपले पहिलो खेल खेल्न पाएका थिएनन् । पहिलो खेलमा मन्ट्रियल टाइगर्स ४६ रनले पराजित भएको थियो । सन्दीपको टोलीको अब अर्को खेल भोली मध्यरात १ः४५ बजे भ्यानकुभर नाइट्स विरुद्ध हुनेछ ।