चुनावको परिणामपछि लालु यादवले खाना खानै छोडे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चुनावको परिणामपछि लालु यादवले खाना खानै छोडे



एजेन्सी । लोकसभा चुनावमा भारतीय काँग्रेस पार्टी नराम्रोसँग बढारियो । घरघरमा मोदी लहर पुनः एकपटक देखियो । तर, एक नेतालाई लोकसभा निर्वाचनको परिणामले तनाव भएको छ ।

मिडिया रिपोर्टका अनुसार उनले चुनाव परिणाम आएपछि खाना खानै छोडिदिएका छन् । बिहारका पूर्व मुख्यमन्त्री तथा आरजेडी प्रमुख लालु प्रसाद यादव भ्रष्टचारको मामिलामा जेल जीवन बिताइरहेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनलाई चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्ने शिलशिला चलिरहेको छ । राँचीको रिम्स अस्पतालमा उनको उपचार चलिरहेको छ । चिकित्सकहरूले उनको स्वास्थ्यमा सुधार नआएको बताएका छन् । लोकसभा चुनावमा आरजेडीले एक सीट पनि जित्न नसकेपछि उनीलाई ठुलो चोट परेको हो । कुनै समय भारतीय राजनीतिमा उनको ठुलो साख रहेको थियो ।

मत परिणाम आएपछि उनी आफुलाई सम्हाल्न सकिरहेका छैनन् । यही अवस्था रहे उनलाई छिट्टै नै इमरजेन्सीमा भर्ना गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।